


डडेल्धुरा -डडेल्धुराको परशुराम नगरपालिकाले प्राविधिक तथा व्यवसायिक शिक्षा अध्ययनका लागि विद्यार्थीलाई बिना ब्याज ५ लाख रुपैयाँ शैक्षिक ऋण दिँदैछ।
नगरपालिकाले एसईई वा सो तह भन्दा माथिको प्राविधिक तथा व्यवसायिक शिक्षा अध्ययनका लागि मात्र उक्त कर्जा दिने छ।

एचए, ओभरसियर, स्टाफ नर्सिङ, इन्जिनियरिङ, पाइलोटिङ, एमबिबिएस, कृषि, पशु सूचना प्रविधि लगायत अन्य विभिन्न क्षेत्रसंग सम्बन्धित प्राविधिक तथा व्यवसायिक शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि शैक्षिक ऋण कार्यक्रम सञ्चालनमा ल्याएको हो।
नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमा यस कार्यक्रमका लागि बजेट विनियोजन गरेको थियो।
यस्तै प्राविधिक तथा व्यवसायिक शिक्षा अध्ययनका लागि शैक्षिक ऋण दिने सम्बन्धी निर्देशिका २०८१ जारी राजपत्रमा प्रकाशित गरेको थियो। सो निर्देशिका बमोजिम शैक्षिक कर्जा वितरण कार्यक्रम हाल सञ्चालनमा ल्याइएको परशुराम नगरपालिकाले जनाएको हो।
ऋण लिन चाहाने इच्छुक विद्यार्थीहरू नगरभित्र स्थायीरूपमा बसोबास भएका हुनुपर्ने छ। शैक्षिक ऋणका लागि इच्छुक विद्यार्थीलाई आवेदन भर्न नगरपालिकाले एक महिनाको समय दिएको छ।




