Vutlaxapu
Laxmibhuwan sun chadi

यू–१९ क्रिकेटः सुदूरपश्चिम फाइनलमा

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -नरेश श्रेष्ठ स्मृतिद्वारा विराटनगरमा आयोजित ‘यू–१९ पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट’ प्रतियोगिताको फाइनलमा सुदूरपश्चिम प्रदेश पुगेको छ। सोमबार भएको खेलमा कोसी प्रदेशमाथि एक सय २३ रनको विशाल जीत निकाल्दँै सुदूरपश्चिम फाइनलमा पुगेको हो।

जीतका लागि एक सय ८४ रनको लक्ष्य पछ्याएको कोसी २२.३ ओभरमा ६० रनमा अलआउट भयो। कोसीका कप्तान सौजन घिमिरेले २६, आशिष मगरले १३ रन जोड्नबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन्।

जय भगवति मेलौली सुनचाँदी

कोसीका लागि म्यान अफ द म्याच चुनिएका सचिन भट्टले उत्कृष्ट बलिङ प्रदर्शन गरे। सचिनले छ ओभर बलिङ गर्दै पाँच विकेट झारे भने नरेन साउँदले चार र सौजन घिमिरेले समान चार विकेट झारे।

यसअघि मार्लिबोन विराटनगर ज्वाला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम ४७.३ ओभरमा एक सय ८३ रनमा समेटियो। सुदूपश्चिमका युवराज खत्रीले ४४, अभिषेक थापाले ३७ रन बनाएका थिए।

सुदूरपश्चिम यो जीतसँगै छ खेलबाट १० अङ्कका साथ अङ्कतालिकाको दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको हो। अङ्कतालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी प्रदेशसँग सुदूरपश्चिमको बुधबार प्रतिस्पर्धा हुँदैछ । प्रतियोगितामा सातवटै प्रदेशको सहभागिता रहेकामा लुम्बिनी र सुदूरपश्चिम प्रदेश फाइनलमा पुगेका हुन्।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page