Vutlaxapu
Laxmibhuwan sun chadi

सुदूरपश्चिममा ६ पदका लागि उपनिर्वाचन हुदै

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

धनगढी-मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा दलहरूले तयारी थालेका छन् । जनप्रतिनिधिहरूको निधनपछि सुदूरपश्चिममा ६ पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारी प्रेमराज भट्टका अनुसार बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष, बझाङको सुर्मा गाउँपालिका–४, डोटीको पूर्वीचौकी गाउँपालिका–६, दार्चुलाको दुहु गाउँपालिका ५ र भीमदत्त नगरपालिका–६ मा वडाध्यक्ष पदको लागि उपनिर्वाचन हुन लागेको हो । त्यस्तै जिल्ला समन्वय समिति कैलालीको प्रमुखका लागि पनि उपनिर्वाचन हुने भएको छ ।

ती स्थानका उपनिर्वाचनका लागि राजनीतिक दलहरूले आफ्ना उम्मेदवारहरु करिब करिब टुङ्ग्याइसकेका हुन् । सँगै घरदैलो कार्यक्रमलाई समेत अगाडि बढाइसकेका छन् ।

सत्तारुढ दल नेकपा एमाले र कांग्रेस आफ्नो पक्षमा माहौल तयार पार्नमा जुटेका छन् । प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले पनि उम्मेदवारको नाम टुङ्गोमा लगाउने तयारीमा पुगेको छ ।

नेकपा एमाले प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले करिब–करिब सबै टुङ्गो लागिसकेको रातोपाटीलाई जानकारी दिए । उनका अनुसार एमालेले बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्षको लागि सुशिला कुमारी भण्डारीको नाम टुङ्गो लगाएको छ । भण्डारी गत निर्वाचनमा नेपाली कांग्रेसकी मैना जोशीसँग पराजित भएकी थिइन् । जोशीको निधनपछि निर्वाचन हुन लागेको हो ।

त्यस्तै, एमालेले डोटीको पूर्वीचौकी गाउँपालिका–६ को वडाध्यक्षको लागि देवबहादुर थापालाई उम्मेदवार बनाउने भएको छ भने, कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्ष पदको लागि बहादुर चन्दलाई उम्मेदवार बनाएको प्रदेश अध्यक्ष जैशीले बताए ।

बझाङको सुर्मा गाउँपालिका–४ र दार्चुलाको दुहु गाउँपालिका ५ को वडाध्यक्षको उम्मेदवार भने कांग्रेस र माओवादीको उम्मेदवारको आधारमा तय गर्ने रणनीति एमालेको छ । साथै जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा कांग्रेसलाई सघाउने र त्यसको लागि सत्तारुढ दलहरूसँग छलफल चलिरहेको एमालेले बतायो ।

जय भगवति मेलौली सुनचाँदी

कांग्रेसले जिल्ला समन्वय समिति कैलाली प्रमुखका लागि धनगढी उपमहानगरपालिका २ का वडा सदस्य केशवराज पन्तको नाम सर्वसम्मत सिफारिस गरेको कांग्रेस सुदूरपश्चिम कार्यवाहक सभापति लोकराज अवस्थीले जानकारी दिए ।

१३ स्थानीय तह रहेको कैलालीमा जिससमा कुल मतभार २६ छ । कांग्रेससँग ८, नागरिक उन्मुक्ति पार्टीसँग ७, एमालेसँग ५, माओवादीसँग ४, नेकपा एकीकृत समाजवादीसँग १ र स्वतन्त्र १ गरी २६ मतभार छ ।त्यस्तै, अरू पालिकाहरूको नाम पनि छिट्टै टुङ्गो लाग्ने अवस्थीको भनाइ छ ।

यस्तै सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टीले जिसस कैलाली प्रमुखमा दाबी गरेको छ । नाउपाका महासचिव गंगाराम चौधरीले आफूहरूको प्रमुखमा दाबी रहेको र त्यसको लागि छलफल जारी रहेको बताए ।

त्यस्तै, नेकपा माओवादी केन्द्र पनि उम्मेदवार टुङ्ग्याउने कसरतमा लागेको छ । माओवादी केन्द्र सुदूरपश्चिम सचिव जनक बुढाले कार्तिक २४ गतेभित्र टुङ्गो लाग्ने बताए ।

यसैबिच निर्वाचन आयोगले प्रमुख निर्वाचन अधिकृत तोकिसकेको छ भने केही दिनमै निर्वाचन अधिकृतको कार्यालय स्थान पनि तोकिने सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका निर्वाचन अधिकारी प्रेमराज भट्टले जानकारी दिए ।

निर्वाचनको कार्यतालिका अनुसार मंसिर २ गते बिहान १० देखि अपराह्न ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने छ । यस्तै सोही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ ।

निर्वाचन आयोगका अनुसार २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पुरुष उम्मेदवार निर्वाचित भई कार्यभार सम्हालिरहेको स्थानीय तहमा रिक्त रहेको पदमा महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेस गर्न राजनीतिक दललाई निर्देशन दिइएको छ ।

 

मंसिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराह्न ३ बजेपछि मनोनयपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मङ्सिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।

 

मंसिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने छन् । यस्तै सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page