Vutlaxapu
Laxmibhuwan sun chadi

कैलालीमा प्रहरी हवल्दारले नै तस्करीको सामान बेच्ने गरेको आरोप

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

धनगढी-कैलालीमा एक प्रहरी सहायक हवल्दारले नै तस्करीको सामान बेच्ने गरेको आरोप लागेको छ।

 

त्रिनगर प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक हवल्दार विक्रम चन्दले तस्करीको सामान बिक्री गर्दै आएको आरोप लागेको हो। भारतबाट तस्करी गरेर ल्याइएको सामान जफत गरेर चन्दले कवाड व्यापारीलाई बिक्री गर्दै स्वयम् कबाड व्यापारीले नै बताएका छन्।

जय भगवति मेलौली सुनचाँदी

उनले ९ महिनादेखि कवाड व्यापारीलाई बरामद गरिएको सामान बिक्री गर्दै आएको सूचनापछि उनलाई कारबाही नै गरिएको छ।जिल्ला प्रहरी कार्यालय, कैलालीले चन्दलाई हालै मात्र त्रिनगरबाट फिर्ता बोलाएको छ। एक भारतीय कवाड व्यापारीले भने, ‘९ महिनादेखि सामान दिँदै आएका छन्। कहिले एकहप्ता, कहिले १० दिन र कहिले १५ दिनमा सामान दिन्छ। जफत गरेको सामान हामीलाई बिक्री गर्ने हो।’ भारतीय कवाड व्यापारीले धनगढीका पसलहरुमा उक्त तस्करीको सामान बिक्री गर्दै आएका छन्।

चन्दले प्रत्येक हप्ता दुई हजारदेखि ३० हजार मूल्यसम्मको सामान जफत गरी बिक्री गर्दै आएको आरोप छ। तीन हजार सुरुमै दिएका एक कवाड व्यापारीलाई २७ हजार रुपैयाँ नदिएको भन्दै चन्दले कुटपिट समेत गरेका थिए। उनले कवाड व्यापारीको कोठामै गएर कुटपिट गरेको भन्दै कारबाही गरिएको थियो। अर्का कवाड व्यापारीले भने, ‘३० हजारको सामान थियो।

तीन हजार रुपैयाँ सुरुमा नै दिएको थिए। २७ हजार दिनु थियो। विक्रम चन्द राति आउनुभयो। पैसा छैन, सामान लगेर जान भनेपछि कुटपिट गर्नुभयो।’ त्रिनगर प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक शैलेन्द्र चन्दले कवाड व्यापारीलाई चौकीमा ल्याइएको बताए। उनले कवाड व्यापारीलाई एक रात चौकीमा राखेको समेत बताए। तर, जिल्ला प्रहरी कार्यालय, कैलालीलाई जानकारी गराइएन। उनले भने, ‘एक रात कवाड व्यापारीलाई राखेका हाँै। तर, जिल्लामा जानकारी गराएनौँ।’ जिल्ला प्रहरी कार्यालय, कैलालीले उक्त घटनामा छानबिन जारी रहेको बताएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page