Vutlaxapu
Laxmibhuwan sun chadi

प्रधानमन्त्रीले ‘चिनियाँ कार्ड’ खेलेको भन्ने प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौं -नेकपा (एमाले) ले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणलाई लिएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय मिडियामा दिएको अभिव्यक्तिको भर्त्सना गरेको छ।

 

एमालेको विदेश विभाग प्रमुख रघुवीर महासेठले शनिबार विज्ञप्ती जारी गरी प्रधानमन्त्री केपी शर्मा ओलीले ‘चिनियाँ कार्ड’ खेलेको भन्ने प्रचण्डको अभिव्यक्ति आधारहीन, गैरजिम्मेवार रहेको भन्दै त्यसप्रति भर्त्सना गरेका हुन्

प्रचण्डको अभिव्यक्तिले नेपालको सार्भभौमसत्ता र परराष्ट्र नीतिमा समेत क्षति पुगेको एमालेको निष्कर्ष छ। एक सार्वभौम सत्तासम्पन्न मुलुकको प्रधानमन्त्रीले कुन देश भ्रमण गर्ने भन्ने निर्णय स्वतन्त्र रूपमा गर्न सक्ने र त्यसका लागि बाह्य स्वीकृति आवश्यक नहुने पनि बताइएको छ।

 

जय भगवति मेलौली सुनचाँदी

‘प्रचण्डको भनाइले नेपालले आफ्ना दुई छिमेकी भारत र चीनसँग कायम रखेको सन्तुलनलाई कमजोर बनाउँछ,जुन दुवै नेपालको विकास र समृद्धिको हिस्सा हुन्। यस्ता विचारहीन टिप्पणीले यी राष्ट्रहरूसँगको साझेदारीलाई खतरामा पार्न सक्छ,’ विज्ञप्तिमा भनिएको छ।

 

मुलुकको सार्वभौमसत्ता र स्वतन्त्रताको रक्षामा प्रधानमन्त्री ओलीले ऐतिहासिक नेतृत्व गरेको पनि विज्ञप्तिमा उल्लेख छ। त्यसकारण प्रचण्डलाई आफ्नो अभिव्यक्ति तत्काल फर्ता लिएर नेपाली जनतासँग माफी माग्न एमालेले अनुरोध गरेको छ।

‘नेकपा एमाले भारत र चीन दुवैसँग नेपालको सन्तुलित सम्बन्ध कायम गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै पुष्पकमल दाहाललाई आफ्ना गैरजिम्मेवारपूर्ण अभिव्यक्ति फिर्ता लिन र नेपाली जनतासँग माफी माग्न आग्रह गरेको छ,’ विज्ञप्तिमा भनिएको छ।

प्रचण्डले भारतीय पत्रिका द हिन्दुकी पत्रकार सुहासिनी हैदरसँगको अन्तर्वार्तामा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओली चीन भ्रमणमा जान लागेको विषयमा टिप्पणी गर्दै ‘चिनियाँ कार्ड’ को आरोप लगाएका हुन्।

प्रधानमन्त्री ओली मंसिर २७ गतेदेखि चीनको औपचारिक भ्रमणमा जाने तयारीमा छन्।

 

 

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page