Vutlaxapu
Laxmibhuwan sun chadi

सेती नदीमा बगेर बझाङमा एक युवतीको मृत्यु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बझाङः बझाङमा एक युवतीको सेती नदीमा बगेर मृत्यु भएको छ।

 

जय भगवति मेलौली सुनचाँदी

जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–१ काप्रि गाउँकी २२ वर्षीया संगीता जोशीको सेती नदीमा बगेर मृत्यु भएको हो। आज बिहान करिब १० बजेको समयमा भाँडे बजार सामान पुगाएर घर फर्किने क्रममा भण्डारी गाउँ नजिकै सेती नदीमा चिप्लिएर बग्दा संगीताको मृत्यु भएको स्थानीयले बताएका छन्।

उनलाई मृत अवस्थामा बगेको स्थानबाट करिब ५ सय मिटर तल भाँडे बजार झोलुङ्गे पुल नजिकैबाट उद्दार गरिएको छ। छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष करनजंग सिंहका अनुसार उनी चिप्लिएर सेती नदीमा बगेको बुझ्नमा आएको छ। अहिले शव निकालेर पोष्टमार्टमका लागि चैनपुर लैजाने तयारी भइरहेको उनले बताए।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page