Vutlaxapu
Laxmibhuwan sun chadi

कैलालीमा विवाह समारोहमा झडपः एक जना घाइते

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

धनगढीः कैलालीमा विवाहमा एक किशोरमाथि कुटपिट भएको छ। कुटपिटबाट एक जना घाइते भएका छन भने ४ जना पक्राउ परेका छन्। हिजो (शनिबार) घोडाघोडी नगरपालिका–७ का ओमबहादुर तिमलाको छोराको विवाहमा रमाइलो गर्ने क्रममा १५ वर्षीय अंकित गौतममाथि कुटपिट भएको हो। कुटपिटबाट उनको टाउँकोमा चोट चोट लागेको छ।सामुहिक कुटपिटबाट घाइते भएका अंकितको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ। किशोरमाथि कुटपिटको आरोपमा चार पक्राउ परेका छन्। घोडघोडी नगरपालिका–७ का २३ वर्षीय आकाश विक, २९ वर्षीय मोहन बम, २२ वर्षीय तारेशु बोहरा र २७ वर्षीय दुर्गा पुनामीमगरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराले बताए।

विवाहमा कुटपिट भएपछि त्यहाँ प्रहरी खटिएको थियो। कुटपिटमा संलग्न समुहलाई प्रहरीले सम्झाउन खोज्दा उल्टै प्रहरीमाथि नै हातपात गर्न खोजिएको डिएसपी बोहराले बताए। कुटपिटमा संलग्न पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page