गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

कञ्चनपुरमा इँटा प्रहार गरी श्रीमतीले गरिन् श्रीमानको हत्या

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

कञ्चनपुरः कञ्चनपुरमा श्रीमतीले नै श्रीमानको हत्या गरेको खुलेको छ। जिल्लाको बेलौरी नगरपालिका–६ भुराकोटका ४९ वर्षीय सियाराम रानाको आफ्नै श्रीमतीले हत्या गरेको खुलेको हो।आफ्नै घरको ट्वाइलेटमा चिप्लेर मृत अवस्थामा फेला परेको भन्ने खबर हिजो प्रहरीले प्राप्त गरेपछि इलाका प्रहरी कार्यालय बेलौरीबाट प्रहरी निरीक्षक भास्कर चन्दको टोली घटनास्थलमा खटिएको थियो। घटनास्थलमा पुग्दा मृतको शव लडेको स्थानमा नभएर केही पर ग्यालरीको कुनामा सिरकले छोपी राखिएको अवस्थामा फेला परेको थियो।

खालि ठाँउ २

प्रहरीका अनुसार ट्वाइलेट र बाथरुममा हेर्दा लडेको नभई हत्या गरेको अवस्थामा शव फेला परेको हो। मृतकको टाउको र तालुको विभिन्न भागमा काटिएको छ। घरभित्र खानतलासी गर्दा कोठा, कुर्सी, टेबल, ढोका लगायत स्थानमा रगतका छिटा देखिएको प्रहरीले बताएको छ। खाटमुनि रगत लागेको इट्टाको आधा भाग समेत फेला परेको छ। कोठामा रहेको दराजभित्र प्लास्टिकको सानो झोलाभित्र पुरुष र महिलाले लगाउने कपडाहरुमासमेत रगत देखा परेको छ।

सोधपुछको क्रममा मृतकका श्रीमती ४३ वर्षीया जनककुमारी रानाले श्रीमान–श्रीमतीबिच विहिबार बिहान झगडा भएको र दिउसो श्रीमान् सुतेको अवस्थामा इँटाले उनको टाउकोमा हानी घटना आफूले घटाएको स्वीकार मृतकका श्रीमतीले गरेको प्रहरीले बताएको छ। उनलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला अदालत कञ्चनपुरबाट १० दिनको म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनास्थलबाट प्रहरीले रगत लागेको इँटा २ थान, रगत लागेको मोबाइल एक थान, जेब्रा ब्याग एक थान र रगत लागेको महिला र पुरुषका कपडाहरु बरामद गरेको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page