


बैतडी -नेकपा एमालेले पञ्चेश्वर गाउँपालिकामा २ दिने पालिका स्तरीय प्रशिक्षण कार्यक्रम सुरु गरेको छ। आइतबार देखि सुरु भएको गाउँपालिका स्तरीय प्रशिक्षण कार्यक्रम सोमबार सम्पन्न गरिने एमाले जिल्लाकमिटी उपाध्यक्ष लोकेन्द्र भण्डारीले बताए। आइतबार गाउँपालिका स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन एमाले जिल्ला कमिटी अध्यक्ष नरेश बि क ले गरेका थिए।


बैतडीमा एमालेले योजनाबद्ध ढङ्गले पालिकाभर प्रशिक्षण सञ्चालन गरिरहेको अध्यक्ष बि क ले बताए। कार्यक्रममा सँगठन निर्माण परिचालन र ब्यवस्थापन ,नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास,बैतडी कम्युनिस्ट आन्दोलनको इतिहास,पार्टीका कार्यकर्ताहरुले अपनाउनुपर्ने अनुसासन र कार्यशैली,बर्तमान राजनीतिक शक्ति सन्तुलन,जनबर्गीय सँगठन परिचालन,स्थानीय सरकार सँचालन बिधि र प्रकृया लगायतका बिषयमा प्रशिक्षण गरिने जिल्ला अध्यक्ष नरेश बि क ले बताए। कार्यक्रममा पञ्चेश्वर गाउँपालिका कमिटिका सम्पूर्ण पदाधिकारी र सदस्यहरु, पञ्चेश्वर भुगोलमा भएका सम्पूर्ण नेता कार्यकर्ताहरुको सहभागिता रहेको छ । प्रशिक्षण कार्यक्रममा जिल्ला कमिटि उपाध्यक्ष लोकेन्द्र भण्डारी, प्रदेश कमिटि सदस्यहरु लगायतका नेताहरुको सहभागीता रहेको छ।




