Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीका स्थानीय तहमा एमालेको प्रशिक्षण अभियान तिब्र

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -नेपाल कम्युनिष्ट पार्टि एमालेले बैतडीमा प्रशिक्षण कार्यक्रमलाइ तिब्र पारेको छ।

एमाले जिल्ला कमिटीको संयोजन र नगरपालिका कमिटी र गाउँपालिका कमिटीहरुको व्यवस्थापनमा एमालेले प्रशिक्षण कार्यक्रमलाइ तिब्रता दिएको हो।एमालेले योजनाबद्ध ढङ्गले पालिकाभर तिब्रताका साथ प्रशिक्षण अभियान सञ्चालन गरिरहेको एमाले जिल्ला कमिटी अध्यक्ष नरेश बि.क.ले बताए।

जय भगवति मेलौली सुनचाँदी

कार्यक्रममा सँगठन निर्माण परिचालन र ब्यवस्थापन ,नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास,बैतडी कम्युनिस्ट आन्दोलनको इतिहास,पार्टीका कार्यकर्ताहरुले अपनाउनुपर्ने अनुसासन र कार्यशैली,बर्तमान राजनीतिक शक्ति सन्तुलन,जनबर्गीय सँगठन परिचालन,स्थानीय सरकार सँचालन बिधि र प्रकृया लगायतका बिषयमा कार्यकर्ताहरुलाइ प्रशिक्षण दिइरहेको र कार्यकर्ताहरुको उत्साहजनक सहभागिता रहेको अध्यक्ष बि.क.ले बताए।

भदौ १ गते बाट मेलौलि नगरपालिकाबाट सञ्चालन गरिएको प्रशिक्षण कार्यक्रम पुर्चौडी नगरपालिका,पाटन नगरपालिका, दसरथचन्द नगरपालिका,,सुर्नया गाँउपालिका, पञ्चेश्वर गाउँपालिकामा सम्पन्न भएको छ।

यस्तै मंगलबार शिवनाथ गाँउपालिकामा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। एमालेले प्रशिक्षण अभियानमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवशर पारेर प्रशिक्षण कार्यक्रममा महिला हक अधिकार सम्वन्धी विषयबस्तु निर्धारण गरि लैङ्गिक हिंसाविरुद्धमा महिलाको भुमिकाका बिषयमा समेत महिलाहरुलाइ प्रशिक्षण दिइरहेको एमाले जिल्ला कमिटी उपसचिव एवं प्रचार विभाग प्रमुख पार्वती भट्टले बताइन। पछिल्लो समय नेकपा एमालेले बैतडीमा संगठन निर्माण र कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाइ तिब्रताका साथ अगाडि बढाइरहेको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page