


बैतडी -श्रीमती कुटपिटको आरोपमा सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पक्राउ परेका छन्। श्रीमती कुटपिटको आरोपम विश्वविद्यालयको केन्द्रीय क्याम्पस महेन्द्रनगरमा कार्यरत उपप्राध्यापक पृथ्वीराज भट्टलाई प्रहरीले पक्राउ गरेको हो।

शनिबार गोबरैयास्थित घरमै श्रीमती जयन्ती भट्टमाथि कुटपिट गरेको आरोपमा माइती पक्षले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। शनिबार गोबरैयास्थित घरमै श्रीमतीमाथि कुटपिट गरेको आरोपमा माइती पक्षले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। मर्निङ ग्लोरी स्कुलका सञ्चालकसमेत रहेका उनले आफ्नी श्रीमतीलाई कुटेका थिए।
घरायसी विवादका क्रममा मरणासन्न हुने गरी कुटपिट गरेको भन्दै भट्टविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी नै परेको थियो। कुटपिटबाट उनकी श्रीमती घाइतेको भएर धनगढीमा उपचार गरिएको थियो। उनले आफ्नी श्रीमतीको टाउकोमा हानेका थिए। सोही प्रकरणमा उनी पक्राउ परेका हुन्। अहिले घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उपप्राध्यापक भट्टले पटकपटक श्रीमतीलाई यातना दिँदै आएको आरोपसमेत छ।




