बैतडी -नेकपा एमालेले बैतडीको दोगडाकेदार गाउँपालिकामा २ दिने पालिका स्तरीय प्रशिक्षण कार्यक्रम सुरु गरेको छ। शुक्रबार देखि सुरु भएको गाउँपालिका स्तरीय प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न गरिने एमाले जिल्लाकमिटी अध्यक्ष नरेश बि.क ले बताए। शुक्रबार गाउँपालिका स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन एमाले केन्द्रीय कमिटी सदस्य एंव बैतडी जिल्ला इन्चार्ज लिलाधर भट्टले गरेका छन।
बैतडीमा एमालेले योजनाबद्ध ढङ्गले पालिकाभर प्रशिक्षण सञ्चालन गरिरहेको अध्यक्ष बि क ले बताए। कार्यक्रममा सँगठन निर्माण परिचालन र ब्यवस्थापन ,नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास,बैतडी कम्युनिस्ट आन्दोलनको इतिहास,पार्टीका कार्यकर्ताहरुले अपनाउनुपर्ने अनुसासन र कार्यशैली,बर्तमान राजनीतिक शक्ति सन्तुलन,जनबर्गीय सँगठन परिचालन,स्थानीय सरकार सँचालन बिधि र प्रकृया लगायतका बिषयमा प्रशिक्षण गरिने जिल्ला अध्यक्ष नरेश बि क ले बताए। कार्यक्रममा दोगडाकेदार गाउँपालिका कमिटिका सम्पूर्ण पदाधिकारी र सदस्यहरु, दोगडाकेदारमा भुगोलमा भएका सम्पूर्ण नेता कार्यकर्ताहरुको सहभागिता रहेको छ । प्रशिक्षण कार्यक्रममा एमाले केन्द्रीय कमिटी सदस्य लिलाधर भट्ट, एमाले प्रदेश कमिटी सदस्य चक्रबहादुर कार्कि,जिल्ला कमिटि अध्यक्ष नरेश बि.क,जिल्ला उपाध्यक्ष लोकेन्द्र भण्डारी लगायत नेताहरुको सहभागीता रहेको छ।