Vutlaxapu
Laxmibhuwan sun chadi

लागुऔषधसहित कैलाली र कञ्चनपुरबाट चार जना पक्राउ

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

कञ्चनपुर -कैलाली र कञ्चनपुरबाट लागुऔषधसहित चार जना पक्राउ परेका छन्।कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ कटानबाट ११९ मिलिग्राम लागुऔषधसहित सोही स्थानका ४० वर्षीय बिनोद जोशी पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागुऔषधसहित नियन्त्रणमा लिएको हो।

जय भगवति मेलौली सुनचाँदी

कैलालीको भजनी नगरपालिका–३ मोरीयाघाटबाट ट्रामाडोल ३० ट्याब्लेट र एभिल १५ ट्याब्लेटसहित बिहीबार साँझ २ जना पक्राउ परेका छन्। टीकापुर नगरपालिका अस्नेरीका ३० वर्षीय नवराज विक र लम्कीचुहा नगरपालिका–१ भुरूवाका २९ वर्षीय इमान रावल लागुऔषधसहित पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय सूर्यपुर भजनीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका दुबै जनालाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो।

 

यसैगरी भजनी नगरपालिका–३ मोरीयाघाटबाट २ ग्राम लागुऔषधसहित लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका ३५ वर्षीय साजिश चौधरीलाई पनि पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय सूर्यपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको से ४ प ५९७८ नम्बरको मोटरसाइकलमा सवार उनलाई लागुऔषधसहित नियन्त्रणमा लिएको हो।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page