Vutlaxapu
Laxmibhuwan sun chadi

गिरीबन्धु टी–स्टेटमा बम राख्ने अमृत सापकोटासहित २ जनालाई झापा लगियो

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

काठमाडौँ । चन्दा असुलेको आरोपमा पर्सामा पक्राउ परेका अमृत सापकोटा उर्फ गौरव र दिलीप भट्टराई उर्फ समर्पणलाई झापा लगिएको छ । भूमिगत रूपमा नेकपा (माओवादी) नामको पार्टी गठन गरेर उनीहरूले बम आतङ्क र चन्दा असुली गर्दै आएका छन् ।गोरखा घर भएका ३६ वर्षीय सापकोटा र खोटाङ घर भएका ३५ वर्षीय भट्टराईलाई गिरिबन्धु टी–स्टेटमा बम राखेको घट्नामा अनुसन्धानका लागि झापा ल्याइएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दले बताए।

आरोपीहरूले २०८१ भदौ २८ मा झापा बिर्तामोड नगरपालिका–६ स्थित गिरीबन्धु टी स्टेटको कम्पाउन्डमा कुकर बम राखेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । उनीहरूमाथि ९ दिन म्याद मिलान गरेर अनुसन्धान थालिएको डीएसपी चन्दले बताए ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page