


बैतडी -वैतडीको दोगडाकेदार गाउँपालिकामा यस वर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता दोगडाकेदार गाउँपालिका वडा नं -७मा रहेको लवलेक (भागरथी स्मृति) खेलमैदानमा सञ्चालन गरिने भएको छ।

माघ पहिलो अथवा दोस्रो सातादेखि खेल सञ्चालन गर्न खेलमैदानमा आवस्यक तयारी भइरहेको दोगडाकेदार गाउँपालिका प्रवक्ता एंव वडा नं ७का अध्यक्ष दिनेश प्रसाद भट्टले बताए।

खेलमैदानको अवस्था बारे बुझ्न गाँउपालीका अध्यक्ष चक्रबहादुर कार्किले अनुगमन समेत गरेका छन। अनुगमनका क्रममा अध्यक्ष कार्कीले प्रतियोगिता सञ्चालन गर्न खेलमैदान उचित र आकर्षक रहेको बताए।
प्रतियोगितामा पालिकाभरीका माध्यमिक विद्यालयहरुको सहभागिता रहने छ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका बमोजिम आयोजना गरिने प्रतियोगितामा विभिन्न खेलमा प्रतिस्पर्धा हुनेछ । दोगडाकेदार गाउँपालिकाले गत वर्षको प्रतियोगिता पञ्ज्यूनयाँस्थित खेलमैदानमा सञ्चालन गरेको थियो।




