



बैतडी -नेपाल राष्ट्रिय शिक्षक संगठन शिवनाथ गाँउपालीकाको तेश्रो गाँउपालीका अधिबेशन सम्पन्न भएको छ। आइतबार सम्पन्न गाँउपालीका अधिबेशनबाट दिपेन्द्र बहादुर चन्दको अध्यक्षतामा १९ सदस्यीय गाउँपालीका कमिटी सर्वसम्मत चयन गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडी जिल्ला अध्यक्ष प्रेम राज भट्टले बताए।
भट्टका अनुसार उपाध्यक्षमा शुरेश राम तिरुवा,महिला उपाध्यक्षमा जानकी तिरुवा, सचिवमा मेघनाथ कलौनी,कोषाध्यक्षमा गोबिन्द राज जोशी सहित १९ सदस्यीय गाउँपालीका कमिटी सर्वसम्मत चयन गरिएको भट्टले बताए।




