गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

डोटी एमाले अध्यक्षमा मञ्जु मलासी विजयी

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

डोटीः नेकपा एमाले डोटीको अध्यक्षमा मञ्जु मलासी विजयी भएकी छन्। सोमबार सम्पन्न निर्वाचनमा उनले शेरबहादुर मल्ललाइ ४४ मतको अन्तरले हराउँदै विजयी भएकी हुन।सय १२ मतमध्ये मलासीले २ सय १५ मत प्राप्त गरेकी थिइन् भने मल्लले १७१ मत ल्याएका थिए। त्यस्तै उपाध्यक्ष पदमा खगेन्द्र बडैला विजयी भएका छन्। उनले १११ मत प्राप्त गर्दै सबै प्रतिस्पर्धीलाई पछि परेका छन्। यो पदका लागि गणेश विष्टले १ सय ७, लक्ष्मण मलासी ९७, र चक्रबहादुर घर्ती ५८ मत प्राप्त गरेका छन्।

खालि ठाँउ २

सचिव पदमा मलासी प्यानलका उम्मेदवार पदमबहादुर भट्टले २३७ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी धनबहादुर नेपालीले ११९ मत प्राप्त गरे भने झलक पालीले ६८ मत मात्र पाएका छन्। (खुला) पदमा मञ्जु प्यानलका डम्मर डौडीले १५२ मत प्राप्त गर्दै विजय हासिल गरेका छन्।

 

मल्ल प्यानलका बमबहादुर बमले १२३ मत प्राप्त गरे भने कृष्णकुमार खडका ६७ र कृष्ण दर्लामी ३४ मतमा सीमित बन्न पुगेका छन्। उपसचिव (समावेशी) पदमा मञ्जु प्यानलकी विस्ना सिंहले २ सय ८ मत प्राप्त गर्दै विजयी भएकी छन्। उनकी प्रतिस्पर्धी ससी सोपले १४६ मत प्राप्त गरेकी छन्। अध्यक्ष, उपसचिव (खुला) र उपसचिव (समावेशी)मा मञ्जु प्यानलका उम्मेदवारहरूले जित हाासिल गरेका छन्। सचिव पदमा पनि मलासी प्यानलकै उम्मेदवार विजयी भएका छन्।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page