गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

श्रीकेदार माध्यमिक विधालय पिपलकोटको ७४औँ वार्षिकोत्सव सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी-बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ४ पिपलकोटमा रहेको श्रीकेदार माध्यमिक विधालय बैतडीको ७४औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिशरण भट्टको अध्यक्षतामा सम्पन्न समारोहमा दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्कि प्रमुख अतिथी रहेका थिए। यस्तै विशिष्ट अतिथिमा दोगडाकेदार गाउँपालिका उपाध्यक्ष पार्वती ऐरी कार्की रहेकी थिइन्। यस्तै अतिथिमा एमाले जिल्ला सल्लाहकार सदस्य धर्मेन्द्र कपाडी, राज बहादुर कार्की नरेन्द्र कार्की रहेका थिए।

 

वार्षिकोत्सव समारोहमा वोल्दै प्रमुख अतिथी गाँउपालीका अध्यक्ष चक्रबहादुर कार्कीले विधालयको विकाश र हितका निम्ति स्थानिय सरकार सधै सकारात्मक रहेको बताए ।अध्यक्ष कार्किले स्थानिय सरकारको प्रमुखको हैसियतले आफुले बिधालयका गत बिगतका बर्षहरुमा विधालय भवन निर्माणदेखि विभिन्न् सँरचना निर्माणमा सधै सहयोग गर्दै आएको र आगामी दिनहरुमा पनी निरन्तर सहयोग रहने बताए। यस्तै अध्यक्ष कार्किले गाँउपालीका बाट विधालयको अक्षयकोषमा सहयोग रहने बताए।यस्तै कार्यक्रममा दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्कीले विधालयमा स्वर्गीय पिता दलजित कार्कीको सम्झनामा १ लाख ५ हजार ५सय ५५ धनराशि वरावरको अक्षयकोष स्थापनाका लागी घोषणा गरेका छन।

खालि ठाँउ २

कार्यक्रममा विधालयको आय व्यय विवरण विधालयका प्रधानाध्यापक रामदत्त जोशीले प्रस्तुत गरेका थिए।

साथै विधालयमा गत आर्थिक वर्षमा होली खेलि सहयोग गर्ने चन्दादाता हरुको सिलालेख अनावरण गरिनुको साथै चन्दादाता हरुलाइ प्रमाण पत्र सहित सम्मान पत्र वितरण गरिएको छ। वार्षिकोत्सव कार्यक्रम विभिन्न सास्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको छ।

कार्यक्रममा नेपाली कांग्रेस वडा नं -४का वडा सभापाती-मान प्रसाद भट्ट, श्रीकेदार संस्कृति संरक्षण समाज दोगडाकेदार -४ का अध्यक्ष शुरेन्द्र भट्ट, राप्रपा जिल्ला अध्यक्ष इन्द्र देव शरण भट्ट लगायतको उपस्थिति रहेको थियो।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page