Vutlaxapu
Laxmibhuwan sun chadi

प्रधानमन्त्रीका विरुद्ध भ्रामक प्रचार, दोषी माथि कारबाही गर्न प्रेस चौतारीका महासचिवको माग

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौं । नेकपा एमाले तथा त्यसको नेतृत्वका विरुद्ध अनर्गल प्रचार र भ्रम फिँजाउने तत्व नियोजित रूपमा लागेको भन्दै प्रेस चौतारी नेपालका महासचिव हीरामान लामाले त्यस्ता तत्वहरुलाई कारबाही गर्न माग गर्नु भएको छ ।

नेकपा एमाले र सो पार्टीका अध्यक्ष प्रधानमन्त्री केपी ओली विरुद्ध बद्नाम गराउने मनसायले सामाजिक सञ्जाल मार्फत अनेक खालका भ्रम फैलाउने कार्य निरन्तर भइरहेका छन् । सोही क्रममा विभिन्न ठाउँका भिडियोहरू जोडेर मंगलबार एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली माथि काभ्रेमा दुव्र्यवहार प्रयास भन्दै सामाजिक सञ्जालमा भ्रम फिँजाउने प्रयास गरेपछि महासचिव लामाले सामाजिक सञ्जालको दुरुपयोग गरी अफवाह फैलाउनेहरुलाई छानवीन गरी कारबाहीको माग गर्नु भएको हो ।

जय भगवति मेलौली सुनचाँदी

मंगलबार दिनभरि ललितपुर महानगरपालिकाको कार्यक्रममा रहनुभएका प्रधानमन्त्री ओली काभ्रे जानुभएको र उहाँमाथि दुव्र्यवहार प्रयास भएको भन्दै सामाजिक सञ्जालमार्फत भ्रम फिँजाउने प्रयास भएको छ । प्रधानमन्त्री ओली मंगलबार ललितपुर महानगरपालिकाको १ सय ६ औँ स्थापना दिवसको कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो ।

प्रधानमन्त्री ओलीको मंगलबार काभ्रेमा कुनै कार्यक्रम नरहेको र उहाँ त्यहाँ नजानु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । काभ्रे जाँदै नगएको विषयमा बद्नाम गराउने मनसायले मात्रै प्रधानमन्त्री ओली र एमाले विरुद्ध फैलाइका भ्रम हो भन्ने पुष्टि भएको छ ।

प्रेस चौतारी नेपालका महासचिव काभ्रेका पत्रकार लामाले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको मंगलबार काभ्रेपलाञ्चोक जिल्लामा कुनै कार्यक्रम नभएको बताउनुभयो । सामाजिक सञ्जालमा फैलाइएका तथ्यहीन र भ्रमपूर्ण समाचारप्रति खेद व्यक्त गर्दै महासचिव लामाले षडयन्त्रपूर्ण ढङ्गले गलत सूचना प्रवाह गर्नेहरूउपर हदैसम्मको कानुनी कारबाहीको माग गर्नुभएको छ । पछिल्लो समयमा नकारात्मक भ्रम फैलाएर समाजमा अराजकता फैलाउने तत्वहरु विभिन्न वहानामा सक्रिय भएको भन्दै महासचिव लामाले त्यस्ता तत्वहरुमाथि छानवीन गरी कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराउनु भएको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page