


बैतडी -बैतडीको दोगडाकेदार गाउँपालिकामा दुना टपरी सम्बन्धि सिपमुलक तालिम संचालन सञ्चालन गरिएको छ।दोगडाकेदार गाउँपालिका उधम विकास शाखा दोगडाकेदार बैतडीको आयोजना र दोगडाकेदार गाउँपालिका वडा नं -६ र -७ को संयुक्त साँझेदारीमा ४२ घण्टे दुना टपरी सम्बन्धि सिपमुलक तालिम दोगडाकेदार गाउँपालिका वडा नं ६ र ७ को सिमाना चौक भन्ने स्थानमा संचालन गरिएको उधम विकास सहजकर्ता राम दत्त जोशीले बताए।

दोगडाकेदार गाउँपालिका प्रवक्ता एंव वडा नं ७का अध्यक्ष दिनेश प्रसाद भट्टको अध्यक्षतामा उद्घाटन गरिएको तालिममा दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्कि प्रमुख अतिथी रहेका थिए। यस्तै कार्यक्रममा दोगडाकेदार गाउँपालिका उपाध्यक्ष पार्वती ऐरी कार्की विशिष्ट अतिथि रहेकी थिइन।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी गाँउपालीका अध्यक्ष चक्रबहादुर कार्किले वनमा खेर गइरहेका पातलाई सङ्कलन गरेर दुना टपरी बनाई आर्थिक उपार्जन गर्न सकिने उद्देश्यले तालिमको आयोजना गरिएको बताए। अध्यक्ष कार्कीले नेपालीको जन्मदेखि मृत्यु संस्कारसम्म सालको पातको दुना टपरी चाहिने हुँदा यसको बजारीकरणमा समस्या नहुने र दुना टपरीलाई व्यावसायिक रूपमा प्रयोगमा ल्याउन सकिएमा जंगलमा त्यसै खेर गइरहेका सालका पातबाट लाखौँ रुपैयाँ आम्दानी गर्न सकिने उनको तर्क छ।


यस्तै अध्यक्ष कार्किले गाँउपालिकाको उधम विकास शाखाले आयोजना गरेको सिपमुलक तालिममा स्वरोजगार बन्ने उदेश्यले दक्ष बन्न सहभागिहरुलाइ आग्रह गरे।

यस्तै कार्यक्रममा बोल्दै गाँउपालीका उपाध्यक्ष पार्वती ऐरी कार्कीले सानो व्यवसाय वाट महिलाहरुले मनग्य आम्दानी गरेको उदाहरण सुनाउदै तालिममा सहभागीहरुलाइ सिपमा दक्षता हासिल गरेर स्वरोजगार बन्न आग्रह गरिन्।उपाध्यक्ष कार्किले सिपमुलक तालिममा महिलाहरुले उल्लेख सहभागिता रहेकोले आफु खुसी भएको बताउदै सिप सिकेर अन्य महिलाहरुलाइ पनी आकर्षण गरी स्वरोजगार बनाउने तालिममा सहभागीको कर्तब्य हुने बताइन।

कार्यक्रममा दोगडाकेदार गाउँपालिका वडा नं -६का अध्यक्ष गोपाल सिँह कार्की कार्यपालीका सदस्य हेमा कपाडी लगायतको सहभागिता रहेको थियो।गाँउपालीकाले आयोजना गरेको दुना टपरी सम्बन्धि सिपमुलक तालिमले बैतडी सहित छिमेकी जिल्लाहरूमा दुना टपरी डेलिभरी गर्ने उदेश्य राखेको दोगडाकेदार गाउँपालिका उधम विकास शाखा उधम विकास सहजकर्ता राम दत्त जोशीले बताए।तालिममा १५ जना सहभागी रहेका छन।






