Vutlaxapu
Laxmibhuwan sun chadi

सुदूरपश्चिम र जनकपुर फाइनलका लागि तयार

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) संघारमा आइपुगेको छ। नेपाल क्रिकेटलाई उचाइमा पुर्‍याउन कोशेढुंगा सावित एनपिएलको उपाधिको टुंगो लाग्दैछ। कीर्तिपुरस्थित त्रिवि मैदानमा आज मध्याह्न साढे १२ बजे हुने फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ।

 

जय भगवति मेलौली सुनचाँदी

जनकपुरको कप्तानी मार्की खेलाडी आशिफ शेखले गर्नेछन्। नियमित कप्तान अनिलकुमार साह घाइते भएसँगै आशिफले पछिल्लो दुई खेलमा कप्तानी गरेका थिए। आशिफले उपाधिका लागि आफ्ना दाइ आरिफ शेख आबद्ध सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्नु एनपिएलको एउटा रोचक पक्ष पनि हो। जे होस् यसपटक शेख परिवारको घरमा उपाधि पुग्ने पक्का छ।

 

एनपिएलमा सुदूरपश्चिम र जनकपुर तेस्रो पटक भिड्न लागेका हुन्। यसअघि लिग चरण र पहिलो क्वालिफायरमा दुई टोली आपसमा भिड्दै दुवै खेलमा सुदूरपश्चिम विजयी भएको थियो।

दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम लिग चरणका सात र पहिलो क्वालिफायर गरी कुल आठ खेल खेल्दा एक खेलमा मात्र हार ब्यहोरेको छ। लिग चरणमा चितवन राइनोजसँग हार्नुबाहेक सुदूरपश्चिम हरेक खेलमा विपक्षीमाथि हाबी बन्दै आएको छ। चितवन भने आफूले नौ खेल खेल्दा तीन खेलमा पराजित भएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page