Chandramani sun chadi
Laxmibhuwan sun chadi

एमालेले यसकारण गर्यो भीम रावलमाथि कारबाही

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
Nagarjun mauri palan

काठमाडौं -नेकपा एमाले सचिवालय बैठकले भीम रावललाई पार्टीको साधारण सदस्यबाट निष्कासन गर्ने गरी गरेको निर्णय अहिले सार्वजनिक चासोको विषय बनेको छ ।

 

नेकपा एमालेले रावललाई कारबाही गर्नु ठिक थियो वा गलत भन्ने बहस निक्कै चर्किएको छ । सामाजिक सञ्जालमा रावललाई कारबाही गर्नु गलत थियो भन्नेहरूको मत पनि ठुलै छ । नेकपा एमालेले रावललाई कारबाही गर्नु ठिक थियो वा गलत भन्नु अघि पहिला यी तथ्य हेर्नुपर्छ ।

 

नेकपा एमालेको महाधिवेशनमा भीम रावलले अध्यक्ष पदमा केपी ओलीसँग प्रतिस्पर्धा गर्नुभयो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्षमा रहेर काम गर्न सुझाउनु भएको थियो । उहाँको आग्रह ठाडै अस्वीकार गरी रावलले ‘म तपाईँसँगै प्रतिस्पर्धा गर्ने हो’ भन्दै चुनावी प्रक्रियामा होमिनुभयो । चुनाव भयो, रावल केपी ओलीभन्दा ९१ प्रतिशतभन्दा कम मत पाएर पराजित हुनुभयो ।

 

निर्वाचन अघि नै पार्टीको विधान अधिवेशन भएको थियो । महाधिवेशन हलमा पनि विधानको विषयमा केही हेरफेर भयो । सर्वसम्मतिमा विधान पारित भयो । चुनाव हारेपछि रावलले त्यही विधान मान्दिन भन्ने घोषणा गर्नुभयो ।

 

एमाले विधानमा अध्यक्षसहित पदाधिकारी स्वतः केन्द्रीय सदस्यको उम्मेदवार पनि हुने व्यवस्था थियो, उहाँको पनि कायम रह्यो । प्रतिनिधिले अध्यक्षमा हराए तर केन्द्रीय सदस्यमा जिताए । रावलले प्रतिनिधिको भावना कुल्चँदै विधान नमानेर केन्द्रीय सदस्यमा आफूले उम्मेदवारी नै दिएको छैन, म केन्द्रीय सदस्य पद स्विकार्दिन भन्दै सार्वजनिक घोषणा गर्नुभयो । रावलले प्रतिनिधिहरूको मतको अपमान गर्नुभयो ।

 

त्यो घोषणाले उहाँ एमाले विधानअनुसार स्वतः सल्लाहकार परिषद्को सदस्य रहने व्यवस्थातिर गयो । उहाँले सल्लाहकार परिषद् सदस्य पनि अस्वीकार गर्नुभयो । अर्थात् रावलले म एमालेमा बस्दिन, एमालेको विधान मान्दिन भन्ने सार्वजनिक घोषणा गर्नुभयो ।

रावलमा चेत आउँछ कि भनेर नेतृत्व लामो समयसम्म पर्ख र हेरको अवस्थामा रह्यो । तर उहाँ सच्चिने र अनुशासनमा बस्ने होइन, मलाई कसले छुन सक्छ भन्दै सार्वजनिक रूपमा पार्टी विरुद्ध अभिव्यक्ति दिँदै हिँड्नुभयो । नेतृत्वलाई खुइल्याउँदै हिँड्नुभयो ।

भीम रावल एमालेबाट सुविधा लिने त्यस्तो व्यक्ति हो जसको जति सुविधा अन्य कुनै नेताहरूले सायदै लिएका छन् । भीम रावलले देश र पार्टीलाई योगदान नगर्नुभएको होइन तर उहाँ माथि पार्टीको योगदान पनि कम्ताको छैन । उहाँलाई पार्टीले काँधमा नै राखेर लगानी गरेको छ ।

 

सम्पुर्णता सुनचाँदी गहना पसल

२०४६ सालमा अन्तरिम सरकारमा झलनाथ खनाल मन्त्री हुँदा रावल उहाँको स्वकीय सल्लाहकार हुनुहुन्थ्यो । २०५२ सालमा उहाँले एमालेको तर्फबाट पर्यटन राज्यमन्त्री बन्नुभयो । २०५५ सालमा रावल पुनः पार्टीको तर्फबाट पर्यटन मन्त्री बन्नुभयो । रावललाई २०६२ मा पार्टीले शिक्षा मन्त्री सिफारिस गर्‍यो तर खोजेको मन्त्रालय नपाएको भन्दै उहाँले सरकारमा नै जान मान्नुभएन । नेतृत्वले गरेको लाडप्यारले रावल मात्तिनुभयो ।

रावललाई २०६४ मा भएको संविधान सभा निर्वाचनमा पार्टी नेतृत्वले थप माया गरेर समानुपातिक सभासद् बनायो । रावललाई २०६६ मा गृह मन्त्री जस्तो जिम्मेवार पदमा पार्टीले पुर्‍यायो । २०७२ सालमा त उहाँलाई पार्टीले त्यहाँ भन्दा माथि उपप्रधानमन्त्री सहित रक्षा मन्त्री बनायो ।

 

पार्टीको बुटवल महाधिवेशनमा उपाध्यक्ष हारे पनि केन्द्रीय सदस्य जित्नु भएका रावलले सो पदको शपथ लिनु भएन, सो समयमा उहाँ कुनै पार्टी काममा पनि जोडिनु भएन । तर २०६६ सालमा माधव नेपाल नेतृत्वको सरकारको गृह मन्त्री बन्न पाउने भएपछि उहाँले हतार हतार केन्द्रीय सदस्य पदको शपथ लिएर गृह मन्त्री बन्न दौरा सुरुवाला लगाउनुभयो ।

 

रावले एमालेले तत्कालीन सभामुख अग्नि सापकोटाको भूमिकालाई लिएर संसद् अवरोध गरिरहेको बेला पार्टीको ह्विप उलङ्घन गर्नुभयो । उहाँले पार्टीको आदेश उल्लङ्घन गर्दै एमसिसी पारित गर्ने संसद् बैठक भाग लिनु भयो । त्यहाँ पनि रावलले पार्टीको निर्देशन मान्नु भएन, पार्टी नेतृत्वलाई टेर्नुभएन । आफ्नो अराजकता प्रदर्शन गर्नुभयो ।

 

नेकपा विभाजन पछि नेकपा एमाले संकटमा थियो । नेकपाबाट माओवादी छुट्एिर गए लगत्तै माधव नेपालले पार्टी विभाजन गर्नुभयो । पार्टी जोगाउन माधव नेपाको पक्षमा रहेका कतिपय नेताहरूसँग छलफल चल्यो । १० बुँदे सहमति भयो । सो सहमति अन्य नेताहरूले मान्नुभयो । त्यसलाई स्विकारे उहाँहरू पार्टी काममा जोडिनुभयो र तर रावल सडकमा छाडा छाडे जस्तै गरी डुक्रिँदै र खोस्रिँदै हिँड्नुभयो । पाटीलाई लाभ हुने होइन हानी हुने गतिविधि गदै हिँड्नुभयो ।

 

पार्टीमाथि चौतर्फी घेराबन्दी भएको बेला देशमा स्थानीय, प्रदेश र संघको निर्वाचन भयो । सो निर्वाचनमा पनि रावलको गतिविधि पार्टीको पक्षमा भएन । उहाँको गतिविधि विपक्षीलाई सहयोग पुग्ने खालको नै भयो । परिणामस्वरूप उहाँकै नगरपालिका साँफेबगरमा समेत गठबन्धनबाट एकीकृत समाजवादीले चुनाव जित्यो । भीम रावलकै गाउँमा एमालेले चुनाव हार्‍यो ।

 

रावल चर्चामा आउनको लागि अनेक खालका अभिव्यक्ति दिँदै हिँडिरहनुभयो । उहाँ आफू बाहेक सबैलाई राष्ट्रघाती भन्दै हिँड्न लाग्नुभयो । सबैभन्दा बढी राष्ट्रघाती आफ्नै पार्टी नेतृत्व भएको अभिव्यक्त दिनुभयो । मनलाग्दी बोल्ने, पार्टी हित विरुद्ध गतिविधि गर्ने रावलको दैनिकी नै बन्यो । उहाँले पार्टी भित्रै छु भन्दै पार्टी र पार्टी नेतृत्व विरुद्ध लगातार विष बमन गरिरहनुभयो ।

 

जुन नेता पार्टीको काममा लाग्दैन, पार्टीको हितमा बोल्दै, पार्टी नेतृत्वलाई जोगाउने होइन, खुइल्याउने काममा लाग्छ । त्यस्तो व्यक्ति पार्टीमा रहेर पार्टीलाई के फाइदा हुन्छ । अनि त्यस्ता मान्छेलाई कारबाही गर्दा कोही उफ्रिन्छ र सामाजिक सञ्जाल रङग्याउँछ भने त्यो कसरी एमाले कार्यकर्ता हुनसक्छ ? कसरी पार्टीको शुभचिन्तक र पाटीको हित चिताउने व्यक्त हुन्छ ?

 

यो कुराहरू नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई गाली गर्नेहरूका लागि राम्रै मसला त होला, तर साँचो कुरा के हो भने रावलले म एमाले होइन, एमालेमा रहन्न भनेर पहिलेदेखि नै भन्दै आउनुभएको हो । म होइन, छैन र रहन्न भन्ने मानिसलाई पार्टीले निष्कासन गर्ने प्रक्रिया मात्र पुरा गरेको हो ।

एमालेको ज़िम्मेवारीमा रहदा रावलले विगतमा आफ्नो आदेश नमानेकै भरमा जनसंगठनका पदाधिकारी, केन्द्रीय सदस्य र पार्टीका केन्द्रीय विभागमा रहेका सदस्यहरूलाई अपमानपूर्वक हटाएको कुरा धेरै नेता, कार्यकर्ताले बिर्सिएका छैनन् । उहाँको शैलीसँग सबै परिचित नै छन् । रावलले कत्लेआम गर्न भनिएका ती नेताहरू आज उहाँकै पक्षमा उभिनु एमालेको हितको पक्षमा हो कि विपक्षमा ? गम्भीर प्रश्न खडा भएको छ ।आफूले पाएसम्म भोग गर्ने, आफ्नो अनुकूल हुँदासम्म प्रयोग गर्ने, आफूले नपाउनु बित्तिकै आफैँ बसेको घरमा आगो लगाउने प्रवृत्ति हो भीम रावल प्रवृत्ति । यो कुरा कम्तीमा एमाले जनले बुझ्नै पर्छ । कागले कान लग्यो भन्दैमा आफ्नो कान नछामी कागको पछि पछि दौडनु उचित हुँदैन ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page