


बैतडी-बैतडीको दोगडाकेदार गाउँपालिकामा पुस २४ गतेदेखि २७ गतेसम्म राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ।
राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिको आज बसेको बैठकले गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबारे निर्णय गरेको हो।

प्रतियोगिताका लागि गाउँपालिका भित्रका ११ वटा माध्यमिक विद्यालयलाई अनिवार्य सहभागिताको लागि पालिकाले अनुरोधसमेत गरेको छ।
प्रतियोगिता दोगडाकेदार गाउँपालिका वडा नं -७मा रहेको लवलेक (भागरथी स्मृति) खेलमैदानमा हुनेछ। प्रतियोगितामा एथलेटिक्स,कबड्डि, भलिबल, लगायतका खेलहरु खेलाइने खेल प्रशिक्षक नरेन्द्र कार्किले बताए।
प्रतियोगितामा प्रथम पुरस्कार नगद ३० हजार सहित ट्रफि,मेडल र प्रमाणपत्र द्वितीय पुरस्कार नगद २० हजार सहित ट्रफि मेडल र प्रमाणपत्र, तृतिय पुरस्कार नगद १५ हजार सहित ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिने कार्किले बताए। कार्यक्र विभिन्न सांस्कृतिक कार्यक्रममा साथ सम्पन्न हुनेछ।




