Vutlaxapu
Laxmibhuwan sun chadi

स्वरोजगार बन्न चाहनेका लागि सुदूरपश्चिमै ६० करोड रुपैयाँ स्वीकृत

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

धनगढी -सुदूरपश्चिम प्रदेशभित्रै स्वरोजगार बन्न ६० करोड रुपैयाँ सहुलियतपूर्ण कर्जाका लागि स्वीकृत भएको छ।प्रदेश सरकारले स्थापना गरेको प्रदेश स्वरोजगार विकास कोषले अहिलेसम्म ५३ करोड कर्जा प्रवाह गरिसकेको छ। कोष स्थापनाको २ वर्षको अवधिमा २ हजार ९१६ जनालाई व्यवसाय गर्न सहुलियत कर्जा प्रवाह गरिएको हो। यस्तो कर्जा उपलब्ध गराउन कोषले ९९ वटा सहकारी छनोट गरेको छ। ती सहकारीलाई वार्षिक १ प्रतिशतमा थोक कर्जा उपलब्ध गराउँदै आएको छ।

छनोटमा परेका सहकारीहरुले भने स्वरोजगारीका लागि बढीमा ५ प्रतिशत ब्याजदरमा तीन लाखसम्म कर्जा प्रवाह गर्दै आएको सुदूरपश्चिम स्वरोजगार विकास कोषका कार्यकारी निर्देशक चुडामणि तिम्सिनाले बताए। स्वरोजगार विकास कोषले तीन करोड ४९ लाख ९ हजार रुपैयाँ कर्जाको साँवा असुलीसमेत गरिसकेको छ। कोषले सहकारी तथा बैंकबाट १० करोड ७ लाख ८३ हजार ६३३ रुपैयाँ ब्याज प्राप्त गरेको छ।

जय भगवति मेलौली सुनचाँदी

कोषले सुदूरपश्चिम स्वरोजगार विकास कोष ऐन २०७५ को आधारमा बनेको स्वरोजगार विकास नियमावली २०७६ तथा कर्जा कार्यविधी २०७९ को आधारमा कर्जा उपलब्ध गराउँदै आएको छ। ‘सुदूरपश्चिम स्वरोजगार विकास कोष ऐन २०७५’ अनुसार चार तरिकाले काम गर्न सकिने व्यवस्था छ।

कोषका कार्यकारी निर्देशक तिम्सिनाले भने, ‘पहिलो, कोषले आफ्नै कार्यालय खोलेर सेवा प्रवाह गर्न सक्छ। दोस्रो, सहकारी संस्थामार्फत स्थानीयस्तरमा सहयोग पुगाउने हो। तेस्रो, बैंक वित्तीय संस्थामार्फत सहयोग गर्ने हो। चौथो अन्य वित्तीय कारोबार गर्ने संस्थाहरूलाई समेत परिचालन गर्ने भन्ने ऐनमा व्यवस्था छ।’

अहिले पहिलो चरणमा प्रदेशभरि स्थापना भइसकेका र आफैँ पनि वित्तीय कारोबार गरिरहेका सहकारी संस्थामार्फत सबै जिल्लाका लक्षित वर्गलाई सेवा दिन सुरुवात गरिएको कोषका कार्यकारी निर्देशक तिम्सिनाले बताए। अहिलेसम्म कर्जा प्रवाहका लागि ६० करोड रकम स्वीकृत भइसकेको छ।

 

अहिले ९९ वटा सहकारीले सम्झौता गरेका छन्। कुल ८८ पालिकामध्ये ३७ पालिकामा यस्तो सेवा प्रवाह भइरहेको छ। अघिल्लो आर्थिक वर्ष ४ हजार जनालाई सेवा दिने भन्दै प्रदेश सरकारको बजेटमै संख्या तोकिएको थियो। तर २ हजार ९१६ जनालाई मात्र सेवा दिने काम भएको छ। लक्षित वर्गलाई अधिकतम प्रतिफल दिने कार्यमा प्रदेश स्वरोजगार विकास कोष लागेको दाबी गरिएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page