Vutla
Laxmibhuwan sun chadi

द.न.पा.मा राष्ट्रिय युवा सघ नेपाल र अ. ने.कि.म.को नगर अधिवेशन सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी-बैतडीको दशरथचन्द नगरपालिकामा राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपाल किशान महासंघको दाेस्राे नगर अधिवेशन सम्पन्न भएको छ। राष्ट्रिय युवा संघ निवर्तमान अध्यक्ष नवराज बोकटी र अखिल नेपाल किसान महासंघ निवर्तमान अध्यक्ष मोहन चन्दको अध्यक्षतामा सम्पन्न अधिवेशनमा एमाले केन्द्रीय कमिटी सदस्य तथा बैतडी जिल्ला इन्चार्ज लिलाधर भट्ट प्रमुख अतिथी रहेका थिए।

राष्ट्रिय युवा संघको नगरकमिटिकाे दाेस्राे अधिवेशनबाट दिपक जोशीको अध्यक्षतामा १९ सदस्यीय नगरकमिटी चयन गरिएको एमाले नगरकमिटी अध्यक्ष मनोज बोहराले बताए। यस्तै

जय भगवति मेलौली सुनचाँदी

अखिल नेपाल किसान महासंघको दोस्रो नगर अधिवेशनबाट मोहन चन्दको अध्यक्षतामा २१ सदस्यीय नगकमिटी चयन गरिएको बोहोराले बताए।

बोहराका अनुसार राष्ट्रिय युवा संघको उपाध्यक्षमा तुलशी कार्की,सचिवमा माधव प्रसाद भट्ट, कोषाध्यक्षमा माया पहरी, सहसचिवमा राज बहादुर बोहरा सहित १९ सदस्सीय नगरकमिटी चयन गरिएको र अखिल नेपाल किशान महासघको उपाध्यक्षमा गणेश जोशी, सचिवमा, सिता, कोषाध्यक्षमा देवकी लुहार,सह-सचिवमा धर्मानन्द भट्ट सहित २१ सदस्सीय नगरकमिटी चयन गरिएको बताए।

 

कार्यक्रममा नेपाली काँग्रेसबाट ८ जनाले एमाले प्रवेश गरेको र एमाले केन्द्रीय कमिटी सदस्य तथा बैतडी जिल्ला इन्चार्ज लिलाधर भट्टले स्वागत गरेको खबर प्राप्त भएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page