


दोगडाकेदार गाउँपालिका उधम विकास शाखा दोगडाकेदार बैतडीको आयोजना र दोगडाकेदार गाउँपालिका वडा नं -६ र -७ को संयुक्त साँझेदारीमा ४२ घण्टे दुना टपरी सम्बन्धि सिपमुलक तालिम सम्पन्न पछि तयार पारिएका दुना टपरी






दुना टपरि तयार पार्ने मेसिन


अहिले सो मेसिन दोगडा दुनाटपरी लघु उधमि समुहलाइ हस्तान्तरण गरिएको छ
तालिम अवधिभर तयार पारिएका दुना टपरी नमुनाको रुपमा बजारमा पठाइने दोगडाकेदार गाउँपालिक उधम विकास शाखा उधम विकास सहजकर्ता राम दत्त जोशीले बताए।


वनमा खेर गइरहेका स पातलाई सङ्कलन गरेर दुना टपरी बनाई आर्थिक उपार्जन गर्न सकिने उद्देश्यले तालिमको आयोजना गरिएको र तालिमले राम्रो नतिजा ल्याएको गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्किले बताए। साथै अध्यक्ष कार्कीले नेपालीको जन्मदेखि मृत्यु संस्कारसम्म सालको पातको दुना टपरी चाहिने हुँदा यसको बजारीकरणमा समस्या नहुने र दुना टपरीलाई व्यावसायिक रूपमा प्रयोगमा ल्याउन सकिएमा जंगलमा त्यसै खेर गइरहेका सालका पातबाट लाखौँ रुपैयाँ आम्दानी गर्न सकिने उनको तर्क छ।

गाँउपालीका उपाध्यक्ष पार्वती ऐरी कार्कीले सानो व्यवसाय वाट महिलाहरुले मनग्य आम्दानी गरेको उदाहरण सुनाउदै सहभागीहरुलाइ सिपमा दक्षता हासिल गरेर स्वरोजगार बन्न आग्रह गरेकी छिन्।साथै उपाध्यक्ष कार्किले सिपमुलक तालिममा महिलाहरुको उल्लेख सहभागिता रहेकोले आफु खुसी भएको बताउदै सिप सिकेर अन्य महिलाहरुलाइ पनी आकर्षण गरी स्वरोजगार बनाउने सहभागी सबैको कर्तब्य हुने बताइन।

गाँउपालिकाले स्वरोजगार बनाउने उदेश्यले तालिमको आयोजना गरी आफुहरुलाइ निकै लाभ भएको र दुना टपरिबाट आय आर्जनमा बिषेश टेवा पुग्ने तालिममा सहभागीहरुले बताएका छन।





