गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको प्रक्रिया अघि बढ्यो

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -कञ्चनपुरको दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको प्रक्रिया अघि बढेको छ।शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने मायापुरी सामुदायिक वनको ४३ हेक्टरमा सुक्खा बन्दरगाह निर्माण हुन लागेको हो। सुक्खा बन्दरगाह निर्माणमा सहजीकरण गर्दै आएको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले निकुञ्ज क्षेत्रको जग्गा उपयोगमा ल्याउन सरकारी मूल्यअनुसार १४ करोड ८२ लाख ६० हजार रुपैयाँ विभागलाई उपलब्ध गराउन लागिएको बताए।

खालि ठाँउ २

इन्टरमोडल यातायात समितिले जग्गा प्राप्ति भइसकेको जानकारी भारतीय पक्षलाई गराइसकेको छ। भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा सुक्खा बन्दरगाह निर्माण हुन लागेको हो। सुक्खा बन्दरगाह निर्माणका लागि १७ सय रूख कटान गरिनेछ। डीपीआर अनुसार यसको निर्माण लागत ६ अर्ब नेपाली रुपैयाँ छ। बन्दरगाहदेखि एकीकृत जाँच चौकीसम्मका सबै संरचना भारत सरकारको पूर्ण अनुदानमा बनाउने समझदारी भएको छ।

भारतले तीन वर्षभित्र बन्दरगाह निर्माण गरेर हस्तान्तरण गर्ने सहमति गरेको छ। बन्दरगाहमा दुईवटा ठूला गोदाम निर्माण गरिनेछ। ३५० वटा ठूला गाडी पार्किङ गर्न मिल्ने संरचना बन्नेछ। भन्सार, क्वारेन्टाइन, अध्यागमन, बैंक, सुरक्षा निकाय र विकास समितिको कार्यालयसमेत निर्माण गरिनेछ। सुक्खा बन्दरगाहकै लागि नेपालतर्फ महाकाली नदीमा चार लेनको पक्की पुल र पहुँचमार्ग निर्माण गरिएको छ।

पुलको दुवैतर्फ निर्माण हुने २६ सय मिटर लम्बाइका दुईवटा पोखरीका लागि बाँध निर्माण अन्तिम चरणमा पुगेको छ। दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी निर्माण भएपछि सुदूरपश्चिम व्यापारका लागि प्रत्यक्ष रूपमा भारतसँग जोडिने नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जंगबहादुर मल्लले बताए। दोधारा–चाँदनीमा बन्दरगाह बनेपछि सुदूरपश्चिमबाट हुने व्यापारको लागत र समय दुवै घट्ने अपेक्षा गरिएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page