
विवादित बन्दै कार्की सरकारका सहयोगी
प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठ अहिले श्रीमतीलाई प्रधानमन्त्रीको सचिवालयमा नियुक्ति दिलाएको विषयमा विवादमा तानिएका छन् । यसअघि महान्यायाधिवक्ता सविता भण्डारी डिम्ब तस्करीको आरोपमा अनुसन्धान भइरहेको आफ्नै लगानीको कम्पनीलाई मुद्दा नचलाउने निर्णयका कारण आलोचित भएकी थिइन् ।




काठमाडौँ —भ्रष्टाचार अन्त्य र सुशासन माग गर्दै भएको जेन–जी आन्दोलनको बलमा गठित सुशीला कार्की नेतृत्वको सरकारले गरेका नियुक्ति नै विवादित बन्न थालेका छन् । प्रधानमन्त्रीबाट नियुक्त भएका पदाधिकारीले आफ्ना नजिकका व्यक्तिलाई नियुक्ति दिने र लाभका निर्णय गर्ने काम गरेका छन् ।



