


नेपाली बजारमा आज (बिहीबार) सुन-चाँदीको भाउ बढेको छ। बुधबार प्रतितोला ६ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन भने तोलामा १३ हजार तीन सय रूपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८८ हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ।

बुधबार सुन प्रतितोला दुई लाख ७५ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ।
बुधबार प्रतितोला तीन हजार ६ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार नौ सय २० रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय ६५ रूपैयाँ बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार एक सय ३४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।




