


बैतडी । नेकपा एमाले (दनपा) वडा नम्बर २ को तेस्रो वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले राजबहादुर बोहराको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी गठन गरेको छ।

नवगठित कमिटीको उपाध्यक्षमा लालबहादुर भण्डारी चयन हुनुभएको छ। अधिवेशनबाट अन्य पदाधिकारी तथा सदस्यहरू पनि चयन भएका छन्।
अधिवेशनमा नेकपा एमाले बैतडी जिल्ला इञ्चार्ज लिलाधर भट्ट प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। कार्यक्रममा जिल्ला अध्यक्ष नरेश बिक, नगर प्रमुख पुष्करराज जोशी, प्रदेश कमिटी सदस्यहरू विष्ना चन्द र सरस्वती नेपाली, जिल्ला उपाध्यक्ष लोकेन्द्र भण्डारी, निर्मल पाण्डे, सूर्य बोहरालगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।




