



बैतडी
बैतडीको दोगडाकेदारमा रहेको ग्लोबल आइएमई बैंक भोलि शनिबार समेत खुला रहने भएको छ । आर्थिक वर्ष सकिनै लाग्दा ग्राहकको चाप बढेकाले बिदाकाे दिन समेत ग्लोबल आइएमई बैङ्कका सबै सेवाहरु खुल्ला रहने ग्लोबल आइएमई बैंक दोगडाकेदारका शाखा प्रमुख लिलाधर भट्टले जानकारि दिनुभयो।
उहाँले भन्नुभयो ‘ सरकारी कार्यालयहरुका खाता क्लोजिङको समय भएकाले ग्राहकहरुको चाप बढेको छ, राजश्व बुझाउनेको संख्या समेत बढेको छ त्यसैले भोलि शनिबार सरकारले दिएको बिदाका दिन समेत हामीले सबै बैङ्किङ सेवा खुल्ला राख्ने छौँ ।
ग्लोबल आइएमई बैंक अन्र्तगत सबै बैङ्किङ सेवा खुल्लानै रहने भएकाले ग्राहकहरुलाई बैङ्किङ सेवा लिन शाखा प्रमुख भट्टले आग्रह गरेका छन्




