



साउन २९ नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई नेकपा माओवादी केन्द्र छोडेको ७ वर्षपछि हँसिया हथौडा चुनाव चिन्ह लिएर चुनाव लड्न तयार भएका छन् । २०७२ साल असोज ९ गते माओवादी पार्टीलाई चर्किएको घरको संज्ञा दिएका बाबुराम कमजोर भएपछि अन्तत्वगत्वा हँसिया हथौडा चुनाव चिन्ह लिएर निर्वाचन लड्न सहमत भएका हुन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुरामबीच लामो छलफल भएपछि हँसिया हथौडा चिन्ह लिएर चुनाव लड्न तयार भएका हुन् । प्रचण्ड र बाबुरामबीच लामो छलफल गर्दै गएपछि एउटै चुनाव चिन्हबाट निर्वाचन लड्न तयार भएको नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादवले बताए ।#रातोपाटि




