Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीकाे सतबाझमा रहेको भण्डारी आयल स्टोर नजिकै  शंकास्पद बस्तु भेटियो

सतबाँझ गोकुलेश्वर सडकखण्डको बिचमा पनि शंकास्पद बस्तु

Betaleswar sun
न्यु मालिकार्जुन सुनचांदी
के बि बम

बैतडी -बैतडीकाे सतबांझमा रहेको भन्डारी आयल स्टोर नजिक शंकास्पद बस्तु भेटिएको छ । जिल्लाको सतबाँझ क्षेत्रमा सडकमा बम जस्तै देखीने शंकास्पद बस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशी बताउनुभयो ।

सतबाझको भण्डारी आयल स्टोर  नजिकै सडक किनारमा प्रेसर कुकरमा तारले बेरिएको अवस्थामा शंकास्पद बस्तु फेला परेको हो भने सतबाँझ गोकुलेश्वर सडकखण्डको बिचमा पनि शंकास्पद बस्तु भेटिएको उहाँले जानकारी दिनुभयो । शंकास्पद बस्तु भेटिएको ठाउँमा नेपाली सेनाको हनुमानध्वज गुल्मबाट बम  डिस्पोज टोली खटिएको छ ।

जय भगवति मेलौली सुनचाँदी

सतबाँझ गोकुलेश्वर सडकखण्डमा भेटिएको शंकास्पद बस्तुको नेपाली सेनाको बम डिस्पोज टोलीले डिस्पोज गरिसकेको प्रहरी प्रवक्ता जोशीले बताउनुभयो । भण्डारी आयल स्टोर नजिक भेटिएको शंकास्पद बस्तुको डिस्पोजको तयारी भैरहेको  बताइएको छ ।

विप्लव नेतृत्वको नेकपा सहितका चार राजनीतिक दलले आज नेपाल बन्द आह्वान गरेका छन् । उनीहरुले नै सडकमा शंकास्पद वस्तु राखिएको हुन सक्ने अनुमान गरिएको छ ।

यसैबीच नेकपाको बन्दका कारण बैतडीमा लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् । बन्दका कारण गन्त्वयमा पुग्नुपर्ने नागरिकहरुलाई समस्या भएको छ ।

 

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page