Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीकाे सतबाझमा रहेको भण्डारी आयल स्टोर नजिकै  शंकास्पद बस्तु भेटियो

सतबाँझ गोकुलेश्वर सडकखण्डको बिचमा पनि शंकास्पद बस्तु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीकाे सतबांझमा रहेको भन्डारी आयल स्टोर नजिक शंकास्पद बस्तु भेटिएको छ । जिल्लाको सतबाँझ क्षेत्रमा सडकमा बम जस्तै देखीने शंकास्पद बस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशी बताउनुभयो ।

सतबाझको भण्डारी आयल स्टोर  नजिकै सडक किनारमा प्रेसर कुकरमा तारले बेरिएको अवस्थामा शंकास्पद बस्तु फेला परेको हो भने सतबाँझ गोकुलेश्वर सडकखण्डको बिचमा पनि शंकास्पद बस्तु भेटिएको उहाँले जानकारी दिनुभयो । शंकास्पद बस्तु भेटिएको ठाउँमा नेपाली सेनाको हनुमानध्वज गुल्मबाट बम  डिस्पोज टोली खटिएको छ ।

जय भगवति मेलौली सुनचाँदी

सतबाँझ गोकुलेश्वर सडकखण्डमा भेटिएको शंकास्पद बस्तुको नेपाली सेनाको बम डिस्पोज टोलीले डिस्पोज गरिसकेको प्रहरी प्रवक्ता जोशीले बताउनुभयो । भण्डारी आयल स्टोर नजिक भेटिएको शंकास्पद बस्तुको डिस्पोजको तयारी भैरहेको  बताइएको छ ।

विप्लव नेतृत्वको नेकपा सहितका चार राजनीतिक दलले आज नेपाल बन्द आह्वान गरेका छन् । उनीहरुले नै सडकमा शंकास्पद वस्तु राखिएको हुन सक्ने अनुमान गरिएको छ ।

यसैबीच नेकपाको बन्दका कारण बैतडीमा लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् । बन्दका कारण गन्त्वयमा पुग्नुपर्ने नागरिकहरुलाई समस्या भएको छ ।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page