Vutlaxapu
Laxmibhuwan sun chadi

१५ गते एमाले महासचिव पोखरेल बैतडि आउदै ।

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -नेपाल कम्यूनिष्ट पार्टी एमालेका महासचिव शंकर पोखरेल भदौ १५ गते बैतडीको पाटनमा आउने भएका छन्।नेपाल कम्यूनिष्ट पार्टी एमाले बैतडीले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा महासचिव बैतडीको पाटनमा आउने भएका हुन ।

जय भगवति मेलौली सुनचाँदी

कार्यकर्ता प्रशिक्षणका लागि एमाले महासचिव बैतडी आउने मिति तय भएको नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटी अध्यक्ष एवं संघीय सांसद दामोदर भण्डारीका स्वकीय सचिव सन्तोष रानाले बैतडीबुलेटिनलाइ जानकारी  दिए ।

आगामी मंसिर ४ मा हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको रणनैतिक योजनासहित महासचिव पोखरेल आउने यो कार्यक्रमलाइ महत्वका साथ हेरिएको छ।

निर्वाचनलाई मध्यनजर राखेर कार्यकर्ताहरुलाइ प्रशिक्षण दिइने र कार्यक्रमको तयारि थालिएको एमाले बैतडीका प्रचार विभाग प्रमुख लोकेन्द्र भण्डारीले बताए।
एमाले महासचिव पोखरेल बैतडी आउने कार्यक्रम तय भएपछि कार्यकर्ताहरु उत्साहित भएको समेत जानकारि दिएका छन्।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page