


बैतडी -नेपाल कम्यूनिष्ट पार्टी एमालेका महासचिव शंकर पोखरेल भदौ १५ गते बैतडीको पाटनमा आउने भएका छन्।नेपाल कम्यूनिष्ट पार्टी एमाले बैतडीले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा महासचिव बैतडीको पाटनमा आउने भएका हुन ।

कार्यकर्ता प्रशिक्षणका लागि एमाले महासचिव बैतडी आउने मिति तय भएको नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटी अध्यक्ष एवं संघीय सांसद दामोदर भण्डारीका स्वकीय सचिव सन्तोष रानाले बैतडीबुलेटिनलाइ जानकारी दिए ।
आगामी मंसिर ४ मा हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको रणनैतिक योजनासहित महासचिव पोखरेल आउने यो कार्यक्रमलाइ महत्वका साथ हेरिएको छ।
निर्वाचनलाई मध्यनजर राखेर कार्यकर्ताहरुलाइ प्रशिक्षण दिइने र कार्यक्रमको तयारि थालिएको एमाले बैतडीका प्रचार विभाग प्रमुख लोकेन्द्र भण्डारीले बताए।
एमाले महासचिव पोखरेल बैतडी आउने कार्यक्रम तय भएपछि कार्यकर्ताहरु उत्साहित भएको समेत जानकारि दिएका छन्।




