



बैतडी- महेन्द्रनर देखि बैतडीको मेलौली गइरहेको रात्रीबस दशरथचन्द राजमार्गको पाटन नगरपालिका ८ स्थित हरिचन मोडमा पवनदुत यतायतको ना ७ ख २५७० नं को बस दुर्घटना भएको हो । आज बिहान करिब ४ बजेको समयमा बस दुर्घटनमा परेको खोडपे प्रहरी चौकीका प्रमुख ऐन बहादुर पालले जानकारी दिए । बसमा सवार सबै सकुसल रहेको उनले बताए । केहिलाई समान्य चोटपटक लागेको भएपनि उनिहरुको सिद्धेस्वर स्वास्थ्य चौकीमा उपचार भइरहेको उनले बताए ।
बस सडकबाट अन्ताजी १० मिटर तल खसेको छ ।




