



बैतडी बैतडीमा म्यानेजर तेज बहादुर चन्द ट्रस्टको आयोजनामा सम्पन्न पालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको छ । दशरथचन्द नगरपालिकाको टोलीलाई ३–१को सेटमा पराजित गर्दै उपाधी मेलौलीले जितेको हो ।
पहिलो सेट दनपासँग २५–२३ले पराजित भएको मेलौली त्यसपछिका लगातार ३ सेट २५–२१, २५–१९ र २५–१६ले आफ्नो पक्षमा पार्दै उपाधी पक्का गरेको हो ।
यसैगरी दोश्रो स्थान हासिल गरेको दनपाले ७५ हजार नगदसहित ट्रफी प्राप्त गरेका छ । तेश्रो स्थान हासिल गरेको पाटन नगरपालिकाले ३५ हजार नगदसहित ट्रफी प्राप्त गरेको छ।




