


बैतडी– बैतडीका थप ११ जनामा कोरोना पुष्टि भएको छ । शनिबार र आइतबार गरिएको परिक्षणमा जिल्लाका थप ११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका स्राेत व्यक्ति चन्दन सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आइतबार पञ्चेश्वर गाउँपालिकाका ५ जना, दशरथचन्द नगरपालिकाका ४ जना , पुर्चौडी नगरपालिकाका १ जना र सुर्नया गाउँपालिकाका १ जनागरि ११ जनामा संक्रमण पुष्टि भएको छ । आइतबार थप ११ जनामा कोरोना पुष्टि भएसंगै जिल्लामा कोरोनाका सक्रिय संक्रमितको सङख्या ३१ जना पुगेको छ।
सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा ११ जना, पाटन नगरपालिकामा ६ जना, पञ्चेश्वर गाउँलिकामा ५ जना, पुर्चौंडी नगरपालिकामा ३ जना, मेलौली नगरपालिकामा २ जना, सिगास गाउँपालिकामा २ जना , सुर्नया गाउँपालिकामा १ जना र जिल्ला बाहिरका एकजना रहेका छन् । बैतडीमा पनि कोरोनाको तेस्राे लहर तिब्र रुपमा फैलिरहेको छ ।




