



माघ ४ स्थानीय तहको चुनावको मिति तोक्न सत्तारुढ दलले आ–आफ्ना पार्टीमा छलफल गर्ने भएका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा गठबन्धनका सबै नेताहरू संविधान अनुसार नै निर्वाचन गर्नुपर्छ भन्नेमा सहमत भएपछि मितिका बारेमा आ आफ्ना दलहरूमा छलफल गरेर सरकारलाई सुझाव दिने र सोही अनुसार सरकारले मिति तोक्ने विषयमा सहमति भएको हो ।




