Vutlaxapu
Laxmibhuwan sun chadi

रायमाझीलाई षड्यन्त्रपूर्वक समाउनुपर्ने अवस्था रहस्यपूर्ण छ: ओली

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौं -नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएका बेला पनि नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउन खोजेका कुरा सुनेको र तत्कालीन गृहमन्त्री र राष्ट्रिय अनुसन्धान विभागलाई यसबारे बुझ्न भनेको बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सिंहदबारमा बिहीबार भेटवार्ता गरेपछि पत्रकारहरूसँग कुरा गर्दै ओलीले यो विषयमा आफूलाई पहिला नै जानकारी भएको बताएका हुन्।

त्यतिबेला आफूले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई बोलाएर यसबारे बुझ्ने र त्यस्तो भइरहेको भए रोक्न निर्देशनसमेत दिएको ओलीको भनाइ छ।

‘गृहमन्त्री र अनुसन्धान विभागलाई पनि बोलाएर मैले भुटानी शरणार्थीका विषयमा कुराहरू सुनें, त्यसमा राम्ररी खोजीनीति गर्ने भनियो तर हामी त्यसपछि सरकारबाट हटियो,’ अध्यक्ष ओलीले भने, ‘हामी सरकारबाट हटेपछि त्यो कुरा के भयो, थाहा भएन।’

अहिले एकाएक यो विषय उठेको र आफ्ना पार्टीका सचिव नै मुछिएको विषयमा भने ओलीले केही षडयन्त्र रहेको संकेत गरे।

जय भगवति मेलौली सुनचाँदी

‘चार वर्ष अगाडिका काटेका चेक अहिले पनि काट्ने मान्छेसँगै छन्,’ उनले भने,‘यस्ता कुरालाई लिएर एकैचोटी अहिले सांसद, पटक-पटक मन्त्री भइसकेको पार्टीका नेता रायमाझीलाई षड्यन्त्रपूर्वक ढंगले बाटामा हिन्दाहिन्दै समाउनुपर्ने अवस्था रहस्यपूर्ण छ।’

उपप्रधानमन्त्रीसमेत भइसकेको र सांसदसमेत रहेका टोपबहादुर रायमाझी भागेर कहीँ नजाने ओलीको भनाइ छ।

मैले उहाँ (रायमाझी) सँग हिजो बेलुकी कुरा गरेको थिएँ। तपाईंलाई पक्राउ पुर्जी भनेको सुन्छु केही जानकारी छ? उहाँले मैले आइजिपीलाई कुरा गरेको छु भन्नुभयो। एक पटक स्पष्ट पारिदिनुपर्छ भन्नुभयो,’ ओलीले भने।

फोनमा रायमाझीले ओलीलाई आफू काठमाडौं आउन लागेको पनि बताएका थिए।

‘काठमाडौं आउँछु भनेको मान्छेलाई आज कोही समात्यो भन्छन्, कोही फरार भन्छन्, के हो थाहा छैन,’ ओलीले भने।

प्रधानमन्त्री प्रचण्डसँगको भेटमा आफूले यसबारे ध्यानाकर्षण गराएको ओलीले बताए

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page