


बैतडी, साउन १७। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पुर्चौडी नगर कार्यसमितिले आगामी साउन २३ गते शनिबार बिहान ११:०० बजे नगर कार्यसमितिको बैठक बस्ने जनाएको छ।
पुर्चौडी नगरपालिका–स्थित बसन्तपुर हाटमा रहेको पार्टी कार्यालय मा बस्ने बैठकमा संगठन विस्तार, पार्टीका आगामी रणनीति तथा समसामयिक राजनीतिक विषयमा छलफल गरिने जनाइएको छ।

नगर कार्यसमितिले जारी गरेको सूचनाअनुसार पार्टीका पालिकाभित्रका जिल्ला सदस्य, नगर कार्यसमितिका पदाधिकारी तथा सदस्य, सबै वडा समितिका सभापति, विभिन्न विभागका प्रमुख तथा सम्बन्धित जिम्मेवार हरूलाई बैठकमा अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी पुर्चौडी नगर सभापति राम सिंह साउँद द्वारा हस्ताक्षरित सूचनामार्फत बैठकलाई प्रभावकारी बनाउन सम्बन्धित सबैलाई समयमै उपस्थित हुन अनुरोध गरिएको छ।





