Vutlaxapu
Laxmibhuwan sun chadi

राष्ट्रिय सभाको निर्वाचन आज

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

माघ १२आजका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा भएको छ । सात वटा प्रदेशमा ८ मतदान स्थलका १४ मतदान केन्द्रमा १९ सिटका लागि मतदान हुँदैछ  । मतदान स्थलको व्यवस्थापन, मतपत्र तयारी लगाएका काम सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । मतदान स्थलमा बुथ निर्माणको काम, मतदान अधिकृत खटाउने लगायतका काम सम्पन्न भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले रातोपाटीलाई जानकारी दिए । उनले भने–‘निर्वाचनको तयारी पूर्ण रूपमा सम्पन्न भइसकेको छ । बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुन्छ ।’आयोगले २१ बुँदे स्वास्थ्य मापदण्डहरू तय गरेर निर्वाचन अधिकृतको कार्यालयमा पठाएको छ  । सरकार र सीसीएमसीले तयार गरेको स्वास्थ्य मापदण्डका आधारमा आयोगले स्वास्थ्य मापदण्डहरू तयार गरेको छ । ती स्वास्थ्य मापदण्डहरू पूर्ण रूपमा पालना गरेर मतदान गर्ने तय गरिएको आयोगका प्रवक्ता शर्माले जानकारी दिए । यस्तै निर्वाचन सुरक्षाका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरिएको छ । उनले भने –‘सुरक्षा व्यवस्थाका लागि गृह मन्त्रालय मार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालय मार्फत जिल्ला प्रहरी कार्यालयलाई सुरक्षा व्यवस्था मिलाउनका लागि अनुरोध गरिएको छ । जिल्ला निर्वाचन अधिकारी, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका सम्पूर्ण पदाधिकारीहरू भएर आवश्यकता अनुसार निर्वाचन सुरक्षा बैठक बसेर सुरक्षाको सबै चाँजोपाँजो पनि मिलाइएको छ ।’राष्ट्रिय सभाको निर्वाचनमा १९ सिटका लागि ९ दलका ४३ जना उम्मेदवारहरू प्रतिस्पर्धामा छन् । २ हजार २५ मतदाताले भोट खसाल्नेछन् । प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहने व्यवस्था रहेको छ । उनीहरूको मतभार क्रमशः १ भोट बराबर ४८ र  १८ रहेको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page