Vutlaxapu
Laxmibhuwan sun chadi

हराएको खोप खोजी गर्न पाँच सदस्य छानबिन समिति गठन

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

माघ १८ सरकारले हराएको २४ लाख मात्रा खोप खोजी गर्न  ५ सदस्य छानविन समिति गठन गरेको छ । विगत एक वर्षदेखि खोप अभियान सञ्चालन हुँदै आएको छ । यसअवधिमा २४ लाख मात्रा खोप रेकर्डमा नरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले डा. गुणराज लोहनीको अध्यक्षतामा ५ सदस्यीय खोप छानविन समिति गठन बनाएको हो ।समितिको सदस्य सचिवमा डा.गुणनिधि शर्मा, डा.अभियान गौतम, सदस्यहरूमा यशोदा अर्याल, अनिल थापा रहेका छन् । हराएको भनिएको खोप छानविन गर्ने समितिले खोप अभिलेख विवरण अद्यावधिक गर्नेछ । भने अवको दुई हप्तामा सरकारलाई प्रतिवेदन बुझाउने जिम्मेवारी समितिलाई दिइएको छ । हिजो अर्थात सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाविरुद्धको खोप मौज्दात र खोप लगाइएका सबै व्यक्तिहरुको विवरण उपलब्ध गराउन सार्वजनिक सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छ । खोपको सम्पूर्ण विवरण तथ्याङ्क डीएचआईस–२ प्रणालीमा अनिवार्य प्रविष्ट गर्न सूचना जारी गरी निर्देशन दिएको हो । ७ वटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जिल्लास्थित ७७ वटै स्वास्थ्य कार्यालय, ७५३ वटै स्थानीय तहहरुले माघ २१ गते शुक्रबार दिउँसो ३ बजेदेखि ४ बजेभित्र तथ्याङ्क उपलब्ध गराउन भनिएको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page