Vutlaxapu
Laxmibhuwan sun chadi

संसद् सचिवालयलाई चीनले दियो ८ वटा बिजुली गाडी, चार्जिङ गर्न महाभारत

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौँ । चीनले नेपालको संघीय संसद्का लागि भनेर ८ वटा बिजुली गाडी उपहार दिएको छ । झन्डै साढे ३ करोड रुपैयाँ पर्ने ती गाडी सोमबार रसुवागढी नाकाबाट नेपाल भित्र्याइएको हो । एसयुवीको ३ वटा कार र इसिक्स ६ वटा गाडी आपसी सहयोग आदानप्रदान अन्तर्गत दिइएको हो । तत्कालीन सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा अघिल्लो वर्ष भदौ २७ गतेदेखि ३० गतेसम्म ३ दिने नेपाल भ्रमणमा आएका चिनियाँ समकक्षी लि चान सु बीच आपसी सहयोग आदानप्रदानबारे छलफल भएको थियो । सोही भेटपछि चीनले नेपालको संसदलाई विद्युतीय कार उपलब्ध गराएको हो ।

जय भगवति मेलौली सुनचाँदी

सेन्सरजडित यी विद्युतीय कारहरु सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष, राष्ट्रियसभा उपाध्यक्ष, महासचिव लगायत संघीय संसदका उच्च अधिकारीको सवारीमा प्रयोग गर्ने संसद सचिवालयको तयारी छ ।

तर यसबारे निर्णय भने नभइसकेको संघीय संसद सवारी विभाग प्रमुख उपसचिव सुरजकुमार दुराले जानकारी दिए।एकपटक बिजुली चार्ज गरेपछि ईसिक्स कार झन्डै ४ सय किलोमिटर र एसयुवी कार साढे ३ सय किलोमिटर गुड्ने जनाइएको छ । चीन सरकारले बिजुली कार दिएपनि चार्जिङ गर्ने सामान नदिएका कारण सो सामान छुट्टै खरिद गर्नुपर्ने अवस्था रहेको संसद सचिवालयका कर्मचारीले जानकारी दिए । चार्जरका लागि झन्डै ४५ देखि ५० हजार हाराहारी खर्च लाग्ने अनुमान गरिएको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page