Vutlaxapu
Laxmibhuwan sun chadi

भारतबाट घटेर आयाे पेट्रोलको भाउ

Betaleswar sun
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -भारतीय आयल निगम (आइओसी) ले पेट्रोलियम पदार्थको नयाँ सूची पठाएको छ।

आइओसीले पेट्रोलमा ३४ पैसा घटाएर र डिजेलमा २.४७ पैसा बढाएर पठाएको नेपाल आयल निगम (एनओसी)का प्रवक्ता मनोज कुमार ठाकुरले जानकारी दिएका छन्।

नयाँ दर आएपनि एनओसीले यहाँको लागि कायम हुने मूल्य सार्वजनिक गर्न बाँकी छ। गत असार १८ बाट एनओसीले मुलुकभर पेट्रोलियम पदार्थकाे बहुदर कार्यान्वयनमा ल्याएको छ।

जय भगवति मेलौली सुनचाँदी

चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा हाल भाउ १६७ रूपैयाँ ५० पैसा प्रतिलिटरमा कारोबार भइरहेको छ। यो क्षेत्रमा डिजेल र मट्टीतेल १४७ रूपैयाँ ५० पैसाका कारोबार भइरहेको छ।

सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको १६९ रूपैयाँ प्रतिलिटर, डिजेल र मट्टीतेल १४९ रूपैयाँमा कारोबार भइरहेको छ।

 

काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको १७० रूपैयाँ प्रतिलिटरमा कारोबार भइरहेको छ। यो क्षेत्रमा डिजेल र मट्टीतेल प्रतिलिटर १५० रूपैयाँमा कारोबार भइरहेको छ।

भारतीय आयल निगम (आइओसी) ले १५/१५ दिनमा नयाँ मूल्य सूची पठाउँछ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page