Vutlaxapu
Laxmibhuwan sun chadi

कञ्चनपुरका ६ मेडिकल सिल,चार सञ्चालक पक्राउ

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

कञ्चनपुरः कञ्चनपुर प्रहरीले भीमदत्त नगरपालिकाभित्र इजाजत नलिई सञ्चालनमा रहेका मेडिकलमा छापा मारेर चार जनालाई पक्राउ गरेको छ भने दुई जना फरार भएका छन्। प्रहरीका अनुसार शुक्रबार र शनिबार विशेष सूचनाका आधारमा ६ स्थानमा छापा मारिएको थियो। प्रहरीले भीमदत्त नगरपालिका–७ की विमला उपाध्यायले चलाएको अवैध मेडिकलमा छापा मारेर उनलाई पक्राउ गरिएको छ।

त्यस्तै १६ नम्बर वडाको मझगाउँका राजेन्द्रबहादुर चन्द पनि प्रहरी हिरासतमा पुगेका छन्।भीमदत्त नगरपालिकाकै १० नम्बर सुकासालका सुरेश पाण्डेय र मोहनबहादुर रोकायाले सञ्चालन गरेको दुई मेडिकललाई सिल गरेर दुबै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१६ बसन्तपुरका बिरेन्द्रराज पन्तको पसलबाट ९४ प्रकार र १३ नम्बर वडाका रामबहादुर बिष्टको पसलबाट एक सय २५ प्रकारका औषधि बरामद गरिएको छ। उनीहरु दुबैजना फरार रहेको प्रहरीले जनाएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page