



बैतडी -बैतडीमा ट्याक्टर दुर्घटना हुदा चालकको मृत्यु भएको छ । दशरगचन्द नगरपालिका–२ बाट निर्माण सामाग्री बोकेर सोही नगरपालिकाको वडा नं ६ तर्फ जादै गरेको सुप प्र०१००–२ प ६३८९ को ट्याक्टर सोमबार बेलुकी पौने ७ बजेको समयमा दशरथचन्द नगरपालिका ६ को सनकट्याभिरमा दुर्घटना हुँदा चालक सुनिल चौधरीको मृत्यु भएको हो । मृत्यु भएको चौधरकिो पूर्ण परिचय खुलेको छैन ।
ट्याक्टर सनकट्या भिरबाट करिब तीन सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घटनास्थलमा अहिले जिल्ला प्रहरी कार्यालय बैतडीबाट प्रहरी टोलि खटिएको छ ।




