Vutlaxapu
Laxmibhuwan sun chadi

बझाङ्गमा बाहुन बस्ती नजिक घर बनाएको भन्दै दलितको घर भत्काइयो

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बझाङ्ग जिल्लाको बित्थडचीर गाउँपालिका–७ स्यालढुङ्गामा एक दलितको घर गैर दलितहरुले भत्काइदिएका छन् । ब्राह्मण बस्ती नजिक घर बनाएको भन्दै ३ दर्जन बढी गैरदलितहरु घर निर्माणाधिन घर भत्काएका हुन् ।

बुधबार भएको उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । स्थानिय पुट्के ओखेडाको घर गाउँका जोशी थरका ब्राह्मणहरुले भत्काएका हुन् ।

गाउँका तिनजना ब्राह्मणहरु कृष्ण जोशी, भवानी जोशी र कित्थे जोशीको नेतृत्वमा पुगेका ३०–४० जनाको टोलीले घर भत्काएको पीडित पुट्केका छोरा करनले बताए । उनले भने,“मैले भारतमा ४बर्ष मजदुरी गरेर कमाएको ५लाख रकमले घर बनाइरहेको थिए । एक्कासी आएका ब्राह्मणहरुले मेरो परिवारलाई गालिग्लौज गर्दै भत्काइदिए ।”

जय भगवति मेलौली सुनचाँदी

मिस्त्रीहरुले घर निर्माण गरिरहेकै बेला गाउँका ब्राह्मणहरु पुगेर भत्काएका हुन् । पीडित पुट्केले भने,“म बिगत २५बर्षदेखी चलनभोग गर्दै आएको आफ्नै नाममा रहेको जमिनमा घर बनाइरहेका थिएँ । ब्राह्मणहरु आएर डुम हामीभन्दा माथी हुने ? भन्दै तथानाम गाली गर्दै घर भत्काइदिए ।” ओखेडाले आफ्नो नामको कित्ता नम्बर ५सय २मा घर बनाउन सुरु गरेको बताएकाछन् ।

ओखेडाको घर मात्रै नभई उनले खेतबारीमा लगाएको मकैबाली समेत ब्राह्मणहरुले सखाप गरिदिएका छन् । आफ्नो करिव १ विगाह जमिनको मकैबाली नष्ट गरिदिएको पीडित ओखेडाको भनाई छ । घटना लगत्तै जिल्ला प्रहरी कार्यालय बझाङ्गमा उजुरी दिएका ओखेडाको उजुरी बारे प्रहरीले खासै चासो नलिएको पीडित पक्षको गुनासो छ । अहिले पीडित परिवार सदरमुकाम चैनपूरमा न्यायका पुगेको छ ।

घर भत्काउनका लागि ब्राह्मणहरु आफ्ना श्रीमती, छोराछोरी र केहि दलितलाई समेत साथमा लगेर गएको पीडितको गुनासो छ । केहि व्यक्तिले सार्वजनिक जमिन भनेर भत्काएको बताएपनि उक्त जमिनको लालपुर्जा आफुसंग सुरक्षीत रहेको पीडित पक्षको भनाई छ । अहिले पीडित परिवार वडा न.६ स्थीत आफ्नो पुरानो घरमा बसेको छ ।

यस बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय बझाङ्गका डिएसपी प्रविन धितालले भने“सार्वजनिक जमिनमा बनाउन लागेको घर भत्काएको भन्ने कुरा छ, सार्वजनिक होकी होईन, त्यो स्थानियतहलाई थाहा होला, अमिनलाई थाहा होला, जे भएपनि स्थानियबासीले भत्काउन पाइदैन् । अहिले दुवै पक्षलाई बोलाएर छलफल गरिरहेका छौँ । अनुसन्धान अघि बढाएका छौँ ।”

पिडितले दिएको निवेदनको आधारमा ३ जना पक्राउ परेको समेत प्रहरीले जनाएको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page