


बैतडी -बैतडीमा बृद्ध भत्ता बुझेर घर फर्किरहेका एक वृद्धको माटोमै मृत्यु भएको छ । पञ्चेश्वर गाउँपालिका ६ रोडी बस्ने ७१ वर्षीय धन सिंह भण्डारीको बृद्ध भत्ता बुझेर घर फर्किने क्रममा बाटोमै मृत्यु भएको हो ।
वडा नं ३ र ४ को सिमानामा पर्ने गोगनपानी भन्ने स्थानमा मृत फेला परेका वडा नं ६ का वडा अध्यक्ष राम सिंह पुजाराले जानकारी दिए ।

पञ्चेश्वर गाउँपालिकाको वडा नम्बर ३ स्थित कुलाउँको नविल बैंकबाट बृद्ध भत्ता बुझेर सोमबार घर फर्किएका भण्डारी साँझसम्म पनि घर नपुगेपछि खाजी भएको थियो । सोही क्रममा मंगलबार बिहान मृत अवस्थामा फेला परेको वडा अधयक्ष पुजाराले बताए ।
वडा नं ६ को रोडीदवलबाट नविल बैंक रहेको स्थान कुलाउसम्म करिब ५ घण्टाको पैदल दुरीमा रहेको वडा अधयक्ष पुजाराले बताए ।
मृत फेला परेका वृद्ध भण्डारीको टाउकोमा चोट लागेको अवस्थामा स्थानीयले शव दखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।




